
काठमाडौं, १८ जेठ । नेकपा (एमाले) ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो।
एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै रहेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।उनका अनुसार यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन ।
“धेरैभन्दा धेरै साथीहरु पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रयास जारी छ”, उनले भने, “आफ्नो पार्टीका नेतालाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरामा केही साथीहरु लागिरहनुभएको छ तर ती साथीहरु पार्टीमा फर्कनुभयो भने राम्रै हुन्छ ।”
उनले पार्टी विवाद समाधान गर्नका लागि गठित कार्यदल अहिले अस्तित्वमा नभएको स्पष्ट पार्दै कार्यदलमा रहेका केही साथी कारवाहीमा परेकाले आवश्यकताका आधारमा कार्यदल पुनःगठन हुन सक्ने बताए ।
बैठकमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने खालका दवाव र गतिविधि गम्भीर छलफल भएको छ ।
बैठकले यही जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/०७९ प्रस्तुत गरेको बजेटले अहिलेका आवश्यकता पूर्ति गर्ने जनाउँदै त्यो जनताको आवश्यकता र चाहनानुसारको भएको निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताए । बैठकले कोभिड–१९ विरुद्ध सरकारले गरेका पछिल्ला प्रयासको परिमाण निस्कन थालेको पनि निष्कर्ष निकालेको छ ।
बैठकले लुम्बिनी प्रदेशमा सोमबार भएको राष्ट्रियसभाको उपनिर्वाचनको पनि समीक्षा गरेको छ । “सबै विपक्ष एक हुँदा एमालेको मत पुग्दैनथ्यो । उनले जीवन रक्षाको ठूलो कुरा अहिलेको आवश्यकता रहेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना समकक्षीसँग खोपका लागि गरेको आग्रह स्वाभाविक भएको बताए। उनले यस सम्बन्धमा केही राजनीतिक दलका नेताले राष्ट्रपतिलाई अत्यन्त छुद्र ढङ्गले गरेको टिप्पणी अशोभनीय रहेको पनि जनाए।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



