विवेकशील साझा दलका नेता उज्ज्वल थापाको निधन

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ ।

उनको उपचारका क्रममा काठमाडौं मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो ४ बजेर २५ मिनेटमा निधन भएको हो । उनी ४४ वर्षका थिए । उनको यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा उपचार भएको थियो ।