लक्जेमवर्गका लागि गैह्रआवासीय राजदूतमा राजभण्डारी नियुक्त

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टरलाईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।