वैदेशिक रोजगार कार्यालय अबदेखि हरेक बुधबार खुल्ने

-



     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ जेठ । वैदेशिक रोजगार कार्यालयले अबदेखि हरेक बुधबारमात्र आफ्नो सेवा दिने भएको छ ।

कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको लागि भन्दै बैशाख २४ देखि बन्द भएको कार्यालयले आउँदो २६ गते बुधबारदेखि कार्यालय खोल्ने निर्णय गरेको हो ।

तर हप्ताको एक दिन बुधबारमात्र कार्यालय खुल्ने कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालले सूचना निकालेर जानकारी दिए ।

सूचनामा भनिएको छ, ‘कोभिड १९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरि मिति २०७७/०१/२४ देखि यस कार्यालयमा भौतिक रुपमा उपस्थित भई लिनुपर्ने सेवा केहि समयका लागि स्थिगत गरिएकोमा उक्त सेवा मिति २०७८/०२/२६ देखि हरेक बुधबार ( Re-Entry को हकमा यसअघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र) सुचारु हुने व्यहोरा सरोकारवाला सबैको जानकारीका लागि निर्णयानुसार अनुरोध छ ।’