सर्वोच्च अदालतद्वारा सांसद थापालाई पुर्नवहाली गर्न आदेश

-



     सफल आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुर्नवहाली गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधिश डाक्टर कुमार चुडालको इजलासले राष्ट्रिय जनमोर्चाले गरेको निर्णयलाई कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

पार्टीको निर्देशनलाई नमानेको आरोप लगाउँदै जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य थापालाई सांसद पद नरहने र साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको थियो ।

आफ्नो सांसद पद खोसिएपछि थापाले पुर्नवहालीका लागि सर्वोच्च अदालतमा रिट हालेका थिए ।सर्वोच्च अदालतबाट थापाको कारबाहीको बारेमा जवाफ दिन भनेकाे छ । साथै उनको पुर्नवाहीको माग बमोजिम आदेश आएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी गराए ।