
काठमाडौं, २४ जेठ। एमालेको नेपाल-खनाल समूहको बैठक आज बोलाइएको छ।
पार्टी अध्यक्ष केपी ओलीले आइतबार साँझ एकताका लागि ६ बुँदे शर्तसहितको प्रस्ताव गरेपछि नेपाल-खनाल समूहको बैठक आज बोलाइएको हो।
बैठकले ओलीको प्रस्तावमा साझा धारणा बनाउने नेताहरुले बताएका छन्।
ओलीले गरेको प्रस्तावलाई केही नेताले सकारात्मक रुपमा लिएका छन् भने केहीले शंका व्यक्त गरेका छन्।
आइतबार बेलुकी ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै ६ बुँदे शर्तसहितको प्रस्ताव गरेका हुन्।
उनले नेकपा (माओवादी केन्द्र)सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने जनाए।
राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरुलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले अनौपचारिकरुपमा एकताका लागि पहल गरेका थिए। त्यसैको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरु मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताएका छन्।
उनले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरुले हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गरेका छन्।
अध्यक्ष ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट पारेका छन्।
ओलीको प्रस्ताव आएपछि नेपाल-खनाल समूहको बैठक बस्न लागेको हो।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



