बौद्धमा बोराभित्र शव फेला

-



     सफल आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित


प्रतिनिधि तस्बिर


काठमाडौं, २५ जेठ । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ ।

आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ।

कार्कीका अनुसार शव युवा अवस्थाको मान्छेको हुन सक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले बताएको जानकारी दिए। साथै शव ३ साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् । अहिले शवको पहिचान भइसकेको छैन।