
पोखरा, २६ जेठ । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलव्ध गराउन माग गरेको छ ।
शाखाका अध्यक्ष विमला भण्डारीले आज विज्ञप्ति जारी गरी फ्रन्टलाइनमा रहेर नागरिकलाई सुसूचित, जागरुक बनाउने कार्यमा खटिने पत्रकारको पेसागत बाध्यता हृदयंगम गरी आम नागरिक सहित कास्कीका पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय सरकारसमक्ष माग गरेकी हुन ।
जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोना विरुद्धको खोपको पर्खाइमा रहेको महासंघले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो तथा चौथो लहर आउन सक्ने तर्फ सचेत गराइसकेको र उच्च जोखिममा रहेको सञ्चार जगत र आम नागरिकलाई कोरोना विरुद्ध खोपको आवश्यकता टड्कारो बनेको महासंघको ठहर छ ।

कोरोना संक्रमणका कारण पत्रकार कास्कीका क्रियाशील र जुझारु एक पत्रकारलाई गुमाउन बाध्य भएको, संक्रमण सुरु भएयता ४७ जना पत्रकारहरु संक्रमित भएको र कतिपय संचारकर्मीहरु अहिलेपनि विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
नयाँ भेरियन्टको रुपमा कोभिड १९ को दोस्रो लहर सुरु भए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीलाई उच्च जोखिम जिल्लाको सूचीमा सुचिकृत गरेको र सो अवस्था अहिलेपनि यथावत रहेपनि राज्यको चौथो अंग सञ्चारकर्मीहरु जनताको सुसूचित हुने अधिकार प्रत्याभूत गर्न महामारीबीचमा पनि निरन्तर आफ्नोे कार्य क्षेत्रमा खटिएको अध्यक्ष भण्डारीले बताईन ।
कोरोना संक्रमणका कारण अहिलेसम्म देशभर २० जना पत्रकारले ज्यान गुमाईसकेका छन् । अहिलेपनि झण्डै २ हजार पत्रकार कोरोना संक्रमित भई विभिन्न अस्पताल र होम आईसोलेसनमा रहेका छन् ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



