आज यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दै

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ जेठ। आज यो वर्षको पहिलो खण्डग्रास सूर्य ग्रहण लाग्दैछ।

नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि बेलुकी ६ बजेर ५६ मिनेटसम्म सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

समितिका अनुसार झण्डै ५ घण्टा लाग्ने यो सूर्य ग्रहण नेपालमा भने देखिँदैन ।

तर सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट भने सूर्य ग्रहण देखिनेछ।