पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



पोखरा, २७ जेठ । पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ ।

उनको ७० वर्षको उमेरमा गएराति करिब ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो। कोरोना संक्रमणबाट पीडित बास्तोलामा निमोनिया र मधुमेह समस्या देखा परेको थियो।

माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा लामो समय सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे एफएममा कार्यरत थिए । पाेखरामा ४ दशक पत्रकारिता गरेका उनी पोखरा ५, मालेपाटन बस्दै आएका थिए।