गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

-



     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदैछन् ।

वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

चैत २५ मा सरकारबाट माओवादी बाहिरिएपछि मुख्यमन्त्री गुरुङले वैशाख २६ मा राजीनामा दिएका थिए ।

त्यसपछि २ वा दुई भन्दा बढी दलको सरकार गठनका लागि भएको आह्वानमा कसैले बहुमत पुर्याउन नसकेपछि संविधानको धारा १६७ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाका ६० मध्ये ३१ सदस्यको साथ पाउनुपर्छ ।