विकास

मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डमा ३ मोटरेबल पुल निर्माण

कास्की, २१ असोज। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ । मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी… पुरा पढौ

नारायणघाट-बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपुर (नवलपरासी), १८ असोज। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जङ्गल तथा चोरमारा र अरुणखोला बीचको जङ्गलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज… पुरा पढौ

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

दमौली (तनहुँ), १५ असोज। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो । बाढीपहिरोका… पुरा पढौ

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक, १४ असोज। निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो । तीन वर्ष अर्थात् विसं… पुरा पढौ

एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित

झापा, ९ असोज। एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक योजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम स्टिल अभावका कारण प्रभावित भएको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङको लोहन्द्रा र बक्राहा नदीमा आधुनिक ‘स्टिल आर्क’ प्रविधिका पुल निर्माण भइरहेका छन् । आवश्यक स्टिलको आपूर्ति हुन नसक्दा निर्माण कार्य प्रभावित भएको उहाँले बताउनुभयो । तातोपानी नाका बन्द भएपछि केरुङ–रसुवागढी नाका हुँदै स्टिल ल्याउने गरिएकोमा गत साउन १० गतेको भोटेकोशी बाढीले सडक अवरुद्ध गरेपछि आपूर्ति… पुरा पढौ

सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा, ७ असोज। निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याउने गरी कामलाई अगाडि बढाएको हो । सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ ।… पुरा पढौ

चालु २ महिनामा ११ अर्ब बढीको वैदेशिक लगानीकाे प्रतिबद्धता,पर्यटन र सूचना प्रविधिमा देखियाे आकर्षण

काठममाडाैं, ४ असाेज । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिना (साउन र भदौ) मा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको मासिक प्रतिवेदन अनुसार कुल ३२८ वटा उद्योगमार्फत उक्त लगानी प्रस्ताव आएको हो। प्रस्तावित यी उद्योगहरू सञ्चालनमा आउँदा ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। स्वचालित मार्ग (Automated Route) तर्फ उत्साहजनक आकर्षण : गत आर्थिक वर्षको तुलनामा यस वर्ष विदेशी लगानीकर्ताहरूको आकर्षण स्वचालित… पुरा पढौ

चेम्बर अफ कमर्स र बृहतप्रेनर्सकाे सहकार्य: नँया उद्यमीलाई स्टार्टअपदेखि विस्तारसम्म सघाउने

काठमाडौं, ३ असोज । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसकेका नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन् । स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ को अवसरमा आयोजित कार्यक्रममा चेम्बर र वृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो । ‘नेपालमा व्यवसाय निर्माण स् सुरुवातदेखि… पुरा पढौ

नारायणी लिफ्टलिफ्ट-खगेरी सिँचाइ आयोजना: मासिक विद्युत् खर्च रु ४२ लाखसम्म

नारायणगढ (चितवन), १ असोज। चितवनको नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक रु ४२ लाखसम्म विद्युत् खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ । नारायणी लिफ्ट–खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत खगेरी सिँचाइ… पुरा पढौ

प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति

म्याग्दी, ३० भदौ। म्याग्दीमा प्रदेश सरकारले सञ्चालन गरेका रणनीतिक महत्वका सडक स्तरोन्नतिको काम पूरा भएको छ । सङ्घीयताको वस्तुनिष्ट कार्यान्वय हुँदा स्थानीयवासीले सहज रूपमा सडक सुविधा पाएका छन् । गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेका ती आयोजना सम्पन्न हुँदा स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरेका चार र २०८१/८२ मा ठेक्का सम्झौता भएको एक योजना सम्पन्न भएका हुन् । विभिन्न निर्माण कम्पनीसँग… पुरा पढौ