विकास

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी, २४ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं ४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौँले म्याग्दी नदीमाथि ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उक्त पुलबाट हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम, काफलडाडाका बासिन्दा लाभान्वित भएका जानकारी दिनुभयो । उहाँका अनुसार बाँसबोटका किसानले उत्पादन गरेको केरा बजारीकरणमा सहज भएको छ । पुल निर्माणका लागि २०८२ साल असारमा रामकृष्ण–सोमरस… पुरा पढौ

बेनी हाइड्रोपावरकाे आईपीओ निष्काशन भदौ २२ देखि

काठमाडौं,९ भदौ । बेनी हाइड्रोपावर लिमिटेडले आगामी २०८३ भदौ २२ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ६३ हजार २ सय कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुल्ला गर्न लागेको बताइएकाे छ । ताेकिएकाे अवधिमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र… पुरा पढौ

वैदेशिक सहायताको उपयोग र खर्च क्षमता बढाउन अर्थमन्त्री वाग्लेको जोड

काठमाडौं, ४ भदौ। उपलब्ध वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्दै मुलुकको खर्च क्षमता बढाउनुपर्नेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जोड दिनुभएको छ। सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त हुने अनुदान घट्दो क्रममा रहेको र सोचेअनुरूप खर्च हुन नसकेको वास्तविकता प्रस्तुत गर्नुभयो। चालु बजेटमा रु २ खर्ब ४७ अर्ब वैदेशिक ऋण र रु ६२ अर्ब अनुदान प्राप्त हुने प्रक्षेपण गरिए पनि अनुदानको वास्तविक प्राप्ति रु १० देखि १५ अर्बमा मात्र सीमित हुने स्थिति रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। नेपाल अतिकम… पुरा पढौ

दश वर्षमा पनि बनेन मनाङमा पुल

मनाङ, ३ भदौ। हिमाली जिल्ला मनाङमा निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि मोटरेबल पुल निर्माण हुन सकेको छैन । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ । पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले ७० प्रतिशत रकम भुक्तानी लिइसकेको भए पनि काम निकै सुस्त छ । सो कार्यालय प्रमुख हरि… पुरा पढौ

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक, २ भदौ। बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ । योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हाल मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा पाँच दशमलव पाँच मिटर छ । चौडा पारिने सडकको लम्बाइ करिब २० किलोमिटर रहेको कार्यालयले जनाएको छ । सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार… पुरा पढौ

बेनी-जोमसोम-कोरला सडक : हालसम्म करिब ९ अर्ब खर्च

मुस्ताङ, ३० साउन। चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३÷०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याइएको… पुरा पढौ

धनुषामा गतआवमा ५७ किमी सडक ढलान

जनकपुरधाम, २१ साउन। पूर्वाधार विकास कार्यालय जनकपुरधामले गत आवमा आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधारतर्फ प्रगति हासिल गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान तथा २२ कल्भर्ट निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी २२ दशमलव पाँच किलोमिटर सडकमा ग्राभेल र एक किमी सडक कालोपत्र गरिएको कार्यालय प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार सोही अवधिमा सात किलोमिटर सडक मर्मत–सम्भारको काम पनि सम्पन्न भएको छ । निरन्तरको पहल र प्रयासपछि आर्थिक वर्ष… पुरा पढौ

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन, २० साउन। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ । मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो । आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन जोडिसकेको छ । आयोजनाले अहिलेसम्म ९४ प्रतिशत काम सकिसकेको जनाएको छ । ग्राहकको घरमा लाइन जडानको काममात्र बाँकी रहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सेवाग्राहिका घरमा जडान गर्ने कामसमेत तीव्र पारिएको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म तीन सय जना ग्राहकको घरमा… पुरा पढौ

शुरू भयाे नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग

काठमाडौं, ११ साउन। नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्गकाे आज उद्घाटन गरेका हुन । त्यस अवसरमा जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताए । उनले यो परियोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही नेपाल–जापान सहकार्यको नयाँ अध्यायको सुरुआत भएको उल्लेख गरे । उनले सुरुङ योजना, निर्माण, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी… पुरा पढौ

लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर (झापा), ११ साउन। पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ । सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्लो समय तीव्रता पाइरहेको छ । आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ ।… पुरा पढौ