काभ्रे, ९ असार । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय आफ्नो सेवा प्रवाहमा सरलीकरण गरेको जनाएको छ । यसबाट सेवाग्रहीलाई धेरै समय कुर्नुपर्ने अवस्थाको अन्त्य समेत भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको समीक्षाका क्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयभित्रका प्रशासनिक सेवा प्रवाहलाई सहज बनाइएको बताए। उनका अनुसार सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरेको, अतिरिक्त समय (बिहान÷बेलुका)समेत सेवा प्रवाह गरेको, एक स्थानदेखि अर्को स्थान जानुपर्ने अवस्थालाई कम गरिएको, सम्बन्धित सेवा एकत्रित गरिएको, एक प्रकृतिको सेवा एकै लहरमा…
पुरा पढौ