विकास

भूकम्पमा भत्किएका पशुपति क्षेत्रका ७१ सम्पदाकाे पुनःनिर्माण

काठमाडाैं, ३१ जेठ । २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट क्षति भएकाे विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपति क्षेत्रका ७१ वटा सम्पदा पुनःनिर्माण गरिएको छ । चालु आर्थिक वर्षमा ३ वटा सम्पदाको काम भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिएका छन । १६ वटा सम्पदा अझै पुनःनिर्माण हुन सकेका छैनन् । भूकम्पले क्षति भएका पशुपति क्षेत्रका जयवागेश्वरी, महास्नानघर, कुलानन्द झा सत्तल, गुह्येश्वरस्थित सेतो सत्तल, शङ्कराचार्य मठस्थित शङ्कराचार्य मन्दिर, लाल गणेश मन्दिर, श्राद्ध पाटी, चौतरीया शिवालय, पन्ध्र शिवालय,… पुरा पढौ

आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई सरकारले प्राथमिकता दिने

काठमाडौं, ३१ जेठ । सरकारले पुरातात्विक स्थान र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आकर्षक र नौला झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिने योजना बनाएको छ । नागरिकलाई अत्यावश्यक धेरै स्थानमा पुल बनेकाले अहिले विभागले नदी पार गर्नका लागि मात्रै भन्दा पनि नयाँ प्रविधि र आकर्षक पुल निर्माण सुरु गरेको हो । अब विगतमा बन्ने गरेका सामान्य झोलुङ्गे पुलभन्दा पर्यटनका लागि र पुरातत्वका लागि हेर्दा आकर्षक किसिमको पुल बन्न सक्ने स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक असोककुमार साहले जानकारी दिए। विभागले केही वर्ष पहिले बाग्लुङ… पुरा पढौ

चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य

मुग्लिन, ३० जेठ । तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि… पुरा पढौ

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु

बुटवल, २९ जेठ । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरीले जनताको जीवनस्तर सुधार्ने कामका लागि सरकारलाई साथ दिन र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताएका छन । उनले प्रदेशका जनताको जीवनस्तर सुधार गर्ने गरी सरकारले सबै दललाई साथ लिएर अभिभावकीय भूमिकाका साथ काम गर्न तयार रहनुपर्नेमा जोड दिएका हुन् । नेकपा (एमाले) संसदीय दलका नेता गिरीले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज प्रदेशसभामा आफूहरुलाई सत्तामा जान कुनै हतारो नरहेको भन्दै… पुरा पढौ

करकाे दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको छ: अर्थमन्त्री महत

काठमाडाैं, २६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा राजस्वका दर वैज्ञानिक रुपमा प्रस्ताव गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विद्युतीय सवारी साधानमा कर तथा दैनिक उपभोग्य वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) लगाउँदा आमनागरिकलाई असर नगर्ने बताउनुभयो । “विद्युतीय सवारीमा कर वृद्धि तथा प्याज, आलु र स्याउमा भ्याट लगाउँदा आम नागरिकलाई समस्या परेको भाष्य स्थापित गर्न खोजिएको छ, त्यो भ्रममा… पुरा पढौ

चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो

पाँचथर, २५ जेठ । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्। मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए। “चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु”, मुख्यमन्त्री तामाङले भने, “मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु ।” भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्न छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ । “केन्द्र सरकार यसबारे सकारात्मक छ”, उनले भने। चिवाभञ्ज्याङलाई नाकाको विकास… पुरा पढौ

दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न साइलेज उद्योग सञ्चालनमा

भरतपुर, २५ जेठ । दूध र दुग्धजन्य पदार्थको उत्पादन लागत कम गर्न भरतपुरको चम्पानगरमा साइलेज उद्योग सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१३ चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाले पशु आहारा साइलेज उत्पादन गर्न सुरु गरेको हो । दुधेलो मकै र घाँसको ढोडलाई मेसिनमा पेलेर बनाइने दानालाई साइलेज भनिन्छ । पोषणतत्व कायमै रहने गरी बनाइने साइलेज गाईबस्तुका लागि निकै लाभदायिक मानिन्छ । साइलेजलाई मेसिन (साइलेज ब्यालर)ले नै प्लाष्टिकमा प्याकिङ गर्छ । गाई भैँसीका लागि साइलेज पौष्टिक आहार हो । उद्योगमा… पुरा पढौ

मादीमा सार्वजनिक सुनुवाई सम्पन्न, कृषि, पर्यटन, पहिरो नियन्त्रण र प्राविधिक शिक्षामा स्थानीयको जाेड

पोखरा, २४ जेठ । कास्कीको मादी गाउँपालिका वडा नं. ६ ले चालु आर्थिक वर्ष २०७९-८० भित्र गरेको वार्षिक प्रगतिको सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालय तप्राङमा वडाले चालु आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रगतिसहितको समिक्षा मंगलबार नागरिक समक्ष सार्वजनिक गरेको हो । सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुले वडाले आर्थिक वर्षमा गरेका विकास निर्माण र नागरिकमैत्री सेवाको खुलेरै प्रशंसा गरे । वडाले आफ्नो फेयरिस्ट सार्वजनिक गर्नु सुखद पक्ष रहेको बताउदै स्थानीय खिमलाल बरालले वडाध्यक्षको कार्यशैलीप्रति सन्टुष्ट रहेको बताए । यस्तै ७४… पुरा पढौ

दाङका १८ वटा पानी उद्योगमा १२ करोड लगानी

घोराही, २४ जेठ । दाङमा शुद्ध पिउने पानीका लागि व्यवसायीले लगानी बढाउँदै लगेका छन् । शुद्ध पिउने पानी बजारमा पु¥याउने उद्देश्यले व्यवसायीले जिल्लाका विभिन्न स्थानमा रहेका १८ पानी उद्योगमा ११ करोड ९९ लाख ४७ हजार लगानी गरेका छन् । जिल्लामा सञ्चालनमा आएका पानी उद्योगमा चालु पुँजी रु दुई करोड ७६ लाख २० हजार घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए। अधिकृत केसीका अनुसार उद्योगको स्थीर पुँजी रु नौ करोड २३ लाख २७ हजार रहेको छ । अठार… पुरा पढौ

बिभिन्न ४ स्थानमा अत्याधुनिक पुल निर्माण गर्दै सडक विभाग

काठमाडाैं, २३ जेठ । सडक विभागले आगामी वर्ष देशका बिभिन्न ४ स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाएकाे छ । काठमाडौँ उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधुनिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए । उनका अनुसार “विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।” विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । नयाँ बनाइने… पुरा पढौ