विकास

किन कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना ?

काठमाडौं, २१ बैशाख । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लालाई जोडेर निर्माण गर्न २० वर्षअघि घोषणा गरेको बाहिरी चक्रपथ आयोजना अलपत्र अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०६१-२०६२ मा सरकारले जग्गा एकीकरणका माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने योजना अघि सारेको थियो । ६ लेनको ७२ किमी प्रस्ताव गरिएको आयोजना सुरु नै नभएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका अधिकारीहरु बताउँछन् । साइकल ट्रयाक, ग्रिन वेल्ट, पैदलमार्गसहित सडक निर्माणको योजना २० वर्षदेखि अलपत्र भए पनि सरोकार भएको सहरी विकास मन्त्रालयको भने ध्यान जान सकेको… पुरा पढौ

बाह्य विज्ञापनकाे लागि अनुमति लिन काठमाडौं महानगरपालिकाकाे निर्देशन

काठमाडाैं, २१ बैशाख । काठमाडौं महानगरपालिकाले नगरभित्रका विज्ञापनदातालाई बाह्य विज्ञापन गर्नका लागि अनुमति लिन र नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौं महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौं महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न… पुरा पढौ

पर्यटकीय क्षेत्र लिङ्गेश्वरमा रु ७ करोडका पूर्वाधार निर्माण गरिँदै

दोधारा चाँदनी, २१ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि रु सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट–४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा ती पूर्वाधार निर्माण गर्न लागिएका हुन् । धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्तरुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटकीय विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए। “नगरपालिकाले शिव लिङ्गेश्वर… पुरा पढौ

प्रदेश सरकारका मन्त्रीसँग अमेरिकन राजदूतले गरे भेटवार्ता

धनगढी,२१ बैशाख । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्सनले आज धनगढीमा भेटवार्ता गरेका छन् । सो अवसरमा अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालित आयोजनाको विषयमा छलफल भएको मन्त्रालयका सचिव प्रेमदत्त भट्टले जानकारी दिए । अमेरिकन राजदूतको नेतृत्वको टोलीले स्वास्थ्य र कृषि क्षेत्रको सहयोगका साथै विपद् व्यवस्थापनका विषयमा छलफल गरेको थियो । रोजगारीका लागि विदेशिएका नागरिकलाई स्वदेशमै सीप सिकाएर उद्यमशीलतातर्फ लगाउने, कृषकलाई निजी क्षेत्रसँग जोड्ने र मानव बेचबिखन रोकथाम विषयमा समेत दूतावासको टोलीले चासो… पुरा पढौ

अर्थतन्त्र वलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नुपर्छ: योजना आयोग उपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं, २० बैशाख । लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगकाे कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा छलफल भएको हो । भेटमा मूख्यमन्त्री चौधरीले स्वदेशी उत्पादनलाई बढवा दिने नीति तथा कार्यक्रममा ल्याउनुपर्ने बताए । स्वदेशी उत्पादनहरु प्रवर्धन हुने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु बनाउनका लागि भूमिका खेल्न आयोग समक्ष उनले अनुरोध गरेका थिए । मूख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरु जताततै छ्याप्छ्याप्ती रहेको… पुरा पढौ

चालु आवमा नेपालकाे आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र

काठमाडाैं, १९ बैशाख । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र पुग्ने देखिएको छ। तथ्यांक विभागले तेस्रो त्रैमाससम्‍मको यथार्थ गणनालाई आधार मानेर तयर गरेको रिपाेर्टले २.१६ प्रतिशतको आर्थिक वृद्धि देखाएकाे हो। गतवर्ष यथार्थ आर्थिक वृद्धिदर ५.६ प्रतिशत प्राप्ति भएको छ। त्यति बेला तथ्यांक विभागले ५.४ प्रतिशतको अनुमान गरेको थियो। निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटको कारण समग्र आर्थिक वृद्धिदरमा प्रभाव देखिएको बताइएकाे छ।  सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत राखेको थियो। उता विश्‍व बैंक… पुरा पढौ

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज किसान सङ्गठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोही अनुसार तयारी गरिरहेको बताए। “कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन तथा रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी… पुरा पढौ

सहिदको सम्मानमा काठेखोलामा उद्यान निर्माण गरिँदै

ढोरपाटन, १७ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिद उद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो । उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान… पुरा पढौ

बड्डीज्यावनमा चार महिनादेखि खानेपानी समस्या

बझाङ, १७ वैशाख । बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् । घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयवासीले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा… पुरा पढौ

अनलाइनबाटै नक्सा पास हुने भएपछि नगरपालिका धाउने बाध्यता हट्याे

वालिङ, १६ वैशाख । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएपछि सेवाग्राहीलाई सहज भएको हाे । फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताए। नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत… पुरा पढौ