बेनी (म्याग्दी), १४ असार । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको जगकारुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको हो । प्रारम्भिक बालविकास केन्द्रमा सिकाइलाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्नका लागि भाषिक, पूर्वगणितीय, विज्ञान तथा वातावरण, दृष्यकला र सिर्जनाशीलता, सामाजिक अध्ययन र अभिनय सीपसँग सम्बन्धित विभिन्न एक सय २६ किसिमका शिक्षण सिकाइ सामग्री प्रदान गरिएको गाउँपालिकाका शिक्षा…
पुरा पढौ