शिक्षा

पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हल्ट प्राइज २०२०-२१ को तयारी सुरु

पाेखरा, भदाै ११ । पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हुन गइरहेकाे हल्ट प्राइज २०२०/२१ को तयारी सुरु भएकाे छ । "फुड फर गुड" भन्ने नाराका साथमा पुर्बान्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलाे हप्ता आयोजना हुने याे हल्ट प्राइजकाे तयारी सुरु भएकाे हाे । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको… पुरा पढौ

एसइई नतिजा : बाल मनोविज्ञानमाथिको ‘मजाक’

माध्यमिक शिक्षा परिषद् (एसइर्ई)को परीक्षाफल प्रकाशितपछि  विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् । कोरोनाको कारण एसइर्ईको परीक्षा नएपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको थियो । सामाजिक सञ्जाल र चिया गफमा समेत एसइईको मापदण्ड खस्किएको, विद्यालयले ‘सित्तैमा प्रमाणपत्र दिएकोलगायतका टिप्पणीले बालबालिकामाथिको हिंसा भएको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन् । परीक्षाको पूर्ण तयारीपछि एसइई स्थगित भएको थियो । परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि कतिपय विद्यार्थी त परीक्षा लेख्न नपाएकामा खिन्न भए । यतिबेला परीक्षाफल प्रकाशित भएपछि भने विद्यार्थीको ‘मनोविज्ञान’ नै… पुरा पढौ

एसइई नतिजा सार्वजनिक, तर भदौ १५ सम्म विद्यार्थी भर्ना गर्न नपाइने

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले फारम भरेपनि ४ लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षाका लागि फारम भरेकामध्ये १० हजार ९ सय ८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उनले बताए । नतिजा सार्वजनिक… पुरा पढौ

एसईईको नतिजा प्रकाशित

काठमाडौं ,१ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गरेको छ। आज सोमबार बसेको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार अहिले ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिनेछ । चैत ६ गतेकाे लागि निर्धारित एसईईकाे परिक्षा कोराेनाका कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको बताइएकाे छ। विद्यालयहरूले… पुरा पढौ

त्रिभुवन विश्वविद्यालयको काम अब घरबाटै

काठमाडौं, १ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको बताए ।… पुरा पढौ

तत्काल त्रिविका परीक्षा नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौं,’ उनले भने, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ… पुरा पढौ

अनलाइन शिक्षालाई शैक्षिक सत्रमा गणनाको गृहकार्य

कोभिड–१९ का कारण प्रभावित यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन नसकेका बेला शैक्षिक सत्र खेर जान नदिने गरी गृहकार्य शुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बन्धित निकायलाई उक्त गृहकार्य गर्न निर्देशन दिएपछि गत असार १ गतेदेखि जारी रहेको वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी भएको हो । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधबारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ का कारण क्षति भएको शैक्षिक सत्रका बारेमा सबै… पुरा पढौ

त्रिवि इतिहासमै पहिलो पटक शिक्षकबाटै क्याम्पसमा ताला

पोखरा, २५ साउन । आंशिक शिक्षकहरुले ‘समान कामको समान ज्याला’ माग गर्दै त्रिवि इतिहासमै पहिलोपटक क्याम्पसमा ताला ठोकेका छन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आन्दोलनरत् आंशिक शिक्षकहरुले आइतबार क्याम्पसको मूलद्वारमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । शिक्षकबाटै क्याम्पसमा ताला लगाइएको सम्भवतः पहिलो घटना हो । १४ वर्षदेखि समान कामको समान ज्याला माग्दै आएका उनीहरुले चरणबद्ध आन्दोलन गरेपनि त्रिवि र क्याम्पस प्रशासन गैह्रजिम्मेवार बनेको भन्दै ताला लगाउन बाध्य भएको जिकिर गरेका छन् । दैनिक दुई सयभन्दा कम शुल्कमा नियमित पठनपाठन गराइरहेका शिक्षकहरुले गत… पुरा पढौ

शिक्षा पत्रकार समूहले तोक्यो प्रदेश संयोजक

शिक्षा पत्रकार समूहले प्रादेशिक संरचनाअन्तर्गत देशका सातै प्रदेशमा संयोजक तोकेको छ ।समूहको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको थियो । जसअनुसार प्रदेश १ मा राधा खनाल (झापा), प्रदेश २ मा दीपेन्द्र सिंह (जनकपुर), बागमतीमा ध्रुव अधिकारी (हेटौडा), गण्डकीमा केशवशरण लामिछाने (पोखरा), प्रदेश ५ मा मनोज पौडेल (कपिलबस्तु), कर्णालीमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी) संयोजक चयन छन् । गत वर्ष फागुनमा सम्पन्न समूहको २० औं साधारणसभाले प्रादेशिक संरचनामा लैजाने निर्णय गरेको थियो… पुरा पढौ

पोखराको शैक्षिक गौरव: कुमुदिनी होम्स् सेकेण्डरी स्कुल

कुमुदिनी होम्स् सेकेण्डरी स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्नेमा अब्बल मानिन्छ। पोखराका नाम चलेका केही स्कुलमा कुमुदिनी होम्स अग्रपंक्तिमै आउँछ । शैक्षिक गुणस्तर अभिवृद्धि होस् वा अतिरिक्त क्रियाकलापमा पोखरामात्र हैन, नेपालकै अन्य स्कुल भन्दा पहिला नयाँ–नयाँ प्रयोग भित्राउने कुमुदिनीले हजारौं विद्यार्थीको उज्यालो भविष्यको ढोका खोलिदिएको छ । विगत ३२ वर्षदेखि अनवरत् संचालित यो स्कुल गुणस्तरीय शिक्षा प्रदानमा कुनै सम्झौता गर्दैन । त्यसैले त सहर होस् वा गाउँका मानिसहरु कुमुदिनीमा छोराछोरी पढाउन लालायित छन् । अहिले पनि स्कुलमा मन्टेश्वरीदेखि कक्षा १२सम्म १४सय… पुरा पढौ