कला / शैली

भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं, २० भदौ। श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमीमा बक्रेक राधाकृष्ण मन्दिरमा शिलालेख अनावरण तथा सम्मान

पाेखरा, १९ भदाै । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा पोखरा–२१, बक्रेकस्थित श्री राधाकृष्ण मन्दिर प्राङ्गणमा शिलालेख अनावरण तथा सम्मान कार्यक्रम भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिबिक्रम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–२१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदी प्रमुख अतिथि रहनुभएको थियो। मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष गुप्त बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष दीपक प्रसाद सुवेदीले श्री राधाकृष्ण मन्दिर बक्रेकको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व रहेको बताउनुभयो। उहाँले मन्दिरको… पुरा पढौ

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन्ः राष्ट्रपति पौडेल

काठमाडौं, १९ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ । यो… पुरा पढौ

कुमुदिनी होम्समा कृष्ण जन्माष्टमी मनाइयो

पोखरा, १८ भदौ । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनस्थित प्रतिष्ठित शिक्षण संस्था कुमुदिनी होम्स माविमा श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत मन्टेसरीदेखि कक्षा ५ सम्मका साना-साना विद्यार्थीहरूले भजनकीर्तन, नृत्य तथा झाँकीसहित जन्माष्टमी मनाएका हुन्। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) पोखराका प्रतिनिधिहरू हरेकृष्ण र प्रसन्नले विद्यार्थीहरूलाई भजनकीर्तन तथा सङ्गीतमय प्रस्तुतिमा प्रत्यक्ष सहयोग पुर्‍याउनुभएको थियो। उहाँहरूको गायन र वाद्यवादनको तालमा विद्यार्थीहरू राधा र कृष्णको आकर्षक पोशाकमा सजिएर मन्त्रमुग्ध हुँदै नाचेका थिए। साना बालबालिकाहरूको धार्मिक… पुरा पढौ

टेकनाथको स्मृति दिवसमा शेरचन पुरस्कृत

पोखरा, १४ भदौ । वाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको अभाव खड्किएको ३ वर्ष भयो । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरे । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा… पुरा पढौ

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

काठमाडौं, १३ भदौ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि… पुरा पढौ

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं, १२ भदौ । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ… पुरा पढौ

कुमुदिनीका विद्यार्थीले गरे रक्षावन्धन र जनैपूर्णिमा विशेष कार्यक्रम

पोखरा, ११ भदौ । पोखरा महानगरपालिका वडा नं ४ मा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा गुणस्तरिय शिक्षण सिकाईका साथ अतिरिक्त क्रियाकलाप, संस्कार, संस्कृतिको संरक्षण तथा प्रवर्धनात्मक कार्यहरु हुँदै आएका छन् । अहिलेकाे पुस्तालाई संस्कार, संंस्कृति र चाडपर्वहरुको बारेमा जानकारी नगराउने हो भने हाम्रो पहिचान र सभ्यता नै गुम्ने खतरा हुन्छ । कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले भन्नुभयो, हामीले अहिलेको पुस्तालाई आफ्नो संस्कार र चाडपर्वको बारेमा ज्ञान दिएनौं भने भोलि हामी परिचयबिहिन हुने खतरा हुन्छ । विद्यालयमा भर्खरै गठन भएको… पुरा पढौ

पोखरामा २७औँ जिल्ला स्तरीय तायाः मचा नृत्य प्रतियोगिता हुँदै, ३८ टोली सहभागी हुने

पाेखरा, ११ भदाै । "परम्पराको सम्मान, सभ्य समाजको पहिचान" भन्ने मूल नाराका साथ पोखराको लामाचौर चोकमा आगामी भाद्र २० गते शनिबार २७औँ जिल्ला स्तरीय तायाः मचा नृत्य प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको आयोजनामा यो प्रतियोगिता हुन लागेको हो। पत्रकार भेटघाट कार्यक्रममार्फत मूल समारोह समितिले दिएको जानकारी अनुसार प्रतियोगितामा कास्की जिल्लाभरका नेवाः समुदायका कचाः खलः (समूह) र तायाः मचा समितिहरू गरी करिब ३८ टोलीको सहभागिता रहनेछ। नेपालभरिमै कास्की जिल्लामा मात्रै प्रतिस्पर्धात्मक… पुरा पढौ

पाँचौं सिटीवान तीज मेलाको हेल्थ पार्टनरमा नेपाल मणिपाल अस्पताल

पोखरा, ८ भदाै। पोखरामा भदौ २३ र २४ गते आयोजना हुने पाँचौँ संस्करणको सिटीवान सांस्कृतिक तीज मेलाको हेल्थ पार्टनरमा नेपाल मणिपाल शिक्षण अस्पताल रहने भएको छ । याे सम्झौतासँगै अस्पतालले मेला स्थलमा बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गर्नेछ। सिटीवान टेलिभिजनको आयोजनामा हुने प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ। मेलामा आउने दर्शक तथा सहभागीको स्वास्थ्यलाई लक्षित गरी मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्ने टेलिभिजनसँग सम्झौता भएको हो । मेलास्थलमै आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा… पुरा पढौ