कला / शैली

सञ्चारकर्मी एवं लोकगायिका गुरुङ सम्मानित

पोखरा, १९ भदौ । वरिष्ठ सँस्कृतिकर्मी स्वर्गीय लोकबहादुर गुरुङको सातौं स्मृति दिवसको अवसरमा बरिष्ठ सञ्चारकर्मी एवं लोकगायिका शान्ति गुरुङ सम्मानित भएकी छन् । पोखरामा शनिवार लोकबहादुर स्मृति प्रतिष्ठानद्धारा आयोजित आयोजित स्मृति दिवसमा रेडियो नेपाल प्रादेशिक प्रसारणकी उपप्रमुख एवम वरिष्ठ सम्पादक, तमु संचारकर्मी संघ कास्कीकी अध्यक्ष, वरिष्ठ लोक गायिका गुरुङलाई ३५ हजार नगदसहित सम्मानपत्र, दोसल्लासहित सम्मानित गरिएकाे हाे। सम्मानित गुरुङलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मीना गुरुङ, प्रतिष्ठानका अध्यक्ष बेदबहादुर गुरुङ श्याम,स्वर्गीय लोकबहादुर गुरुङको धर्मपत्नी सीता गुरुङले सम्मान गरे । सम्मानित शान्ति… पुरा पढौ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा थापा नियुक्त

काठमाडौं, १९ भदौ । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा मिलनकुमार थापा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार थापालाई चार वर्षे कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि चार वर्षे कार्यकाल कोषको कोषाध्यक्षका रुपमा काम गरेका थापाले पदबहाली गरेका छन् । कोषाध्यक्ष हुँदा पशुपति क्षेत्रको सम्पत्ति एवं जग्गा छानबिन गरी अभिलेखीकरण गर्न महत्वपूर्ण योगदान दिएका थापाले कोषाध्यक्ष हुँदा अपूरा रहेका कामलाई पूरा… पुरा पढौ

प्राडा थापालाई प्रसिद्ध विकास लेखन सम्मान

काठमाडौं, १७ भदौ । विकासविद् एवं लेखक प्राडा नरविक्रम थापा (काठमाडौँ) लाई विसं २०७८ को ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ । नेपालमा सहभागितात्मक विकास तथा गरिबी निवारणको विषयमा वकालत गर्दै यसको पद्धति, प्रविधि र विविध सरोकारमा लामो समयदेखि कलम चलाउँदै आएका उनलाई सो सम्मान प्रदान गरिने भएको हो । प्राडा थापाका गरिबी निवारण, सहभागीमूलक विपद् व्यवस्थापन, खाद्य सुरक्षा र अर्थराजनीति, किसानको नेतृत्वमा कृषि, दिगो जीविकोपार्जन र जैविक विविधता, अनुगमन तथा मूल्याङ्कन विधि, अनुसन्धान पद्धतिजस्ता विषयमा दर्जनभन्दा… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमी श्रद्धा-भक्तिपूर्वक मनाउँदै

काठमाडौं, १४ भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका… पुरा पढौ

दिलकुमारी खाँणको तीजगीत ‘बुवाको आँगनीमा’ सार्वजनिक(भिडियाे)

पोखरा, १२ भाद्र । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल) को नयाँ समसामयिक तथा मौलिक तीज गीत ‘बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफैले गरेको गीतमा आवाज पनि उनकै छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गरेका हुन । गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युबच्यानल मार्फत प्राज्ञ नगेनसिँह ठकुरीले गीतलाई सार्वजनिक गरेका हुन । प्राज्ञ नगेनसिँह ठकुरीले संस्कृति बढाउदैं लैजानु पर्ने बताउदै यो बुवाको आँगनीमा तिज गीतमा नेपाली… पुरा पढौ

पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई रोक लगाइने

ललितपुर, १३ भदौ । काठमाडौं उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा सोमबार भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले… पुरा पढौ

अस्ताए-”आमा दिदीबहिनी…” गीत गाउने जनगायक जेबी टुहुरे

काठमाडाैं, १० भदाै । आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई विद्रोहको झण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उनलाई जेबी टुहुरे भनेर नै चिने । जनताको गीत गाउने गायकको खास परिचय बनाएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा लडेका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन… पुरा पढौ

वेलायतमा २९ अगष्टमा भव्य नेपाली मेला हुँदै

लन्डन, ७ भदाै । तमुधिं यूकेले आउंदो साता २९ अगष्ट,आइतबार गर्न लागेको नेपाली मेलाको तयारी धमाधम भइरहेको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेला यस पटक १२ औं संस्करण हो, जसमा लन्डनस्थित नेपाली दूतावासको सहकार्य छ । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर्समा मेला हुने भएको हो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव ‘मेलाको प्रमुख ‘थिम’ छ ।  आयोजक तमुधिं यूकेका तर्फबाट मेलाबारे जानकारी दिन आइतबार आफ्नै भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक… पुरा पढौ

गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’

बलेवा, ७ भदौ । हा...हो....इ..गाई भैँसीलाई किलो दाम्लो... बाखरीलाई खोर साईंलो... बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच अर्थात् गाईजात्रा । यहाँ आज गाईजात्राकाे दिन गरिने नाच हो लाखे नाच । तिथिका आधारमा हुने हिन्दू संस्कारका चाडपर्व । चाडपर्वसँग जोडिएका लाखे नाच र गाईजात्रा अधिकांश वर्षमा खेतबारीको काम… पुरा पढौ

गाईजात्रा आरम्भः देशभर नेवार समुदायलाई बिदा

काठमाडौं, ७ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले… पुरा पढौ