अन्तर्राष्ट्रिय 🗺

जापानी जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि १७ हजार अग्निनियन्त्रक परिचालित

टोकियो, १९ फागुन । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम वृद्धि भएको रेकर्ड गरिएको थियो । ओफुनाटो शहरनजिकै बिहीबारदेखि लागेको डढेलो करिब दुई हजार १०० हेक्टर जमिन क्षेत्रमा फैलिएको अग्नि तथा विपद् व्यवस्थापन निकायले सोमबार जनाएको छ । जापानका १४… पुरा पढौ

सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

लण्डन, १९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन् । अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणबिरूद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहन्तको आकस्मिक वार्ताले १८ वटा मित्रराष्ट्रलाई एकै ठाउँमा भेला गराएको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारका अगाडि जेलेन्स्कीलाई दिएको दवावले ट्रम्पले किएभलाई शान्ति सम्झौतामा बाध्य पार्न चाहेको आशङ्का बढेपछि युरोपेली नेताहरूले किएभको समर्थनमा मोर्चाबन्दी गरेका… पुरा पढौ

बोलिभियामा दुई बस ठोक्किएपछि कम्तीमा ३७ जनाको मृत्यु

ला पाज, १८ फागुन । बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो । पोटोसी विभागमा उयुनी सहर नजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, “हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौँ ।” अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित छ जना विदेशी नागरिक थिए… पुरा पढौ

भारतको हिमपहिरो स्थलमा उद्धार कार्य तेस्रो दिनमा प्रवेश

देहरादुन (भारत), १८ फागुन । भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खन्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ । अधिकारीहरूका अनुसार शुक्रबार उत्तराखण्ड राज्यको तिब्बतसँगको सीमा नजिकै एक निर्माण शिविरमा हिमपहिरो गएपछि ५० भन्दा बढी कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । राहत टोली ५० कामदारलाई उद्धार गर्न सफल भएको छ तर तिनीहरू मध्ये चार जनाको पछि चोटका कारण मृत्यु भएको छ । राज्य अधिकारीहरूले शनिबार रातिदेखि हिमपहिरोपछि… पुरा पढौ

ट्रम्प र जेलेन्स्कीबीचको वार्तामा चर्काचर्की

वासिङ्टन, १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार ओभल अफिसमा भएको वार्तामा दुई नेताबीच आफ्ना आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ । वार्ताका क्रममा दुबै नेताले आफ्ना धारणा राख्ने क्रममा उहाँहरूबीच भनाभनको अवस्था आएको हो । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भने, “तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।” रुसमा अचानक अमेरिकी पहुँचलाई लिएर तनाव कम गर्ने उद्देश्यले भएको बैठकले… पुरा पढौ

उत्तराखण्ड: हिमपहिरोमा फसेका ४७ जनाको उद्धार, आठ कामदारको खोजी जारी

देहरादुन, १७ फागुन । उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन्। शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले उक्त क्षेत्रको मौसम सफा भएसँगै राहत र उद्धार कार्यलाई तीव्रता दिइएको बताए । “हिउँमा फसेका सबै कामदारलाई जतिसक्दो चाँडो सुरक्षित रुपमा बाहिर निकाल्ने हरसम्भव… पुरा पढौ

भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर : भोन डेर लेयन

नयाँदिल्ली, १६ फागुन । युरोपेली सङ्घ (इयु) ले भारतसँग सुरक्षा र रक्षा साझेदारी अन्वेषण गरिरहेको इयुकी प्रमुख उर्सुला भोन डेर लेयनले शुक्रबार नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुअघि बताए । भोन डेर लेयन आफ्नो परम्परागत सहयोगी संयुक्त राज्य अमेरिकासँग बिग्रिएको सम्बन्ध बचाउन खोज्दै आफ्ना कमिश्नहरूको समूहका साथ दुई दिने भ्रमणका लागि बिहीबार भारत आइपुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मित्र र शत्रु दुवैका विरुद्ध धेरै शुल्क लगाउने घोषणा गरेपछि प्रतिनिधिमण्डलले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रसँग आफ्नो कूटनीतिक र व्यापारिक सम्बन्धलाई गहिरो बनाउने… पुरा पढौ

मार्चदेखि चीनलाई थप १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन् । साथै उनले ‘अस्वीकार्य’ लागूपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोमाथि आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने बताए । विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ । अवैध आप्रवासन र घातक फेन्टानिललाई लिएर ट्रम्पले यस महिना क्यानाडा र मेक्सिकोको आयातमा २५ प्रतिशत कर लगाउने… पुरा पढौ

जलवायु परिवर्तनको प्रभाव न्युनिकरणको मुख्य लक्ष्य हाँसिल गर्न चीन अझै सङ्घर्षरत

बेइजिङ, १६ फागुन । चीनमा नवीकरणीय ऊर्जाको वृद्धि भए पनि कोइलाको प्रभाव कायमै रहेकाले उत्सर्जन निरन्तर बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनले सन् २०२४ मा जलवायु परिवर्तनको प्रमुख लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ । बेइजिङको राष्ट्रिय तथ्याङ्क विभागका अनुसार कार्बन डाइअक्साइड उत्सर्जन मापन गर्ने कार्बन तीव्रता सन् २०२४ मा ३.४ प्रतिशतले घटेको छ। यो देशलाई सन् २०२० देखि २०२५ सम्ममा कार्बन उत्सर्जनलाई १८ प्रतिशतले घटाउने चीनको लक्ष्यभन्दा निकै कम हो । तथ्याङ्कले… पुरा पढौ

स्टार्मरको अगुवाइमा आइतबार यूक्रेन युद्धबारे महत्वपूर्ण ‘शिखर सम्मेलन’ गरिने

लण्डन, १६ फागुन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युक्रेन युद्ध र युरोपेली सुरक्षामाथिको छलफललाई ‘अगाडि बढाउन’ आइतबार हुने शिखर सम्मेलनमा एक दर्जनभन्दा बढी युरोप र युरोपेली सङ्घका नेताहरूलाई निमन्त्रणा गरेका छन् । शिखर सम्मेलनअघि स्टार्मरले बाल्टिक राष्ट्रहरूसँग बिहानको कुराकानीको अध्यक्षता गर्नुहुनेछ भने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा रूससँगको युद्धबारे छलफल गर्न निमन्त्रणा दिए । “बेलायती प्रधानमन्त्रीले शिखर सम्मेलनलाई युक्रेनविरुद्ध युरोपेली छलफललाई अगाडि बढाउन प्रयोग गर्नेछन्, जसले युक्रेनको भविष्यको सार्वभौमिकता र सुरक्षा सुनिश्चित गर्ने न्यायपूर्ण र स्थायी शान्ति र स्थायी सम्झौता… पुरा पढौ