अन्तर्राष्ट्रिय 🗺

अमेरिकी विमानमा अवतरणका क्रममा इन्जिनमा आगलागी हुँदा १२ जना घाइते

लस एन्जलस, १ चैत । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ । विमानमा १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा सबै यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको तर १२ जनालाई सामान्य घाइते अवस्थामा अस्पताल लगिएको जनाएको छ । सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको श्रव्यदृष्यहरूमा टर्मिनलनजिकै भुइँमा जेटको वरिपरि… पुरा पढौ

भारतीय अन्तरिक्ष मिशन :स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, १ चैत । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुईवटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ । इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने महत्वपूर्ण कार्य पूरा गर्यो । अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू… पुरा पढौ

‘अनुचित व्यापार’ अझ सामान्य हुने दक्षिण कोरियाली मन्त्रीको चेतावनी

सियोल, २९ फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी इस्पात र एल्युमिनियममा लगाइएको भन्सार शुल्कबाट सिओल प्रभावित भएपछि दक्षिण कोरियाले ‘अनुचित व्यापार अभ्यासहरू’ अझ बढी सामान्य हुने अपेक्षा गरेको व्यापार, उद्योग र ऊर्जामन्त्री आन डक–गेउनले बिहीबार बताएका छन् । उनले यसले दृढ कारबाही आवश्यक पर्ने बताए। सिओलको प्रयासका बावजुद कुनै छुट नदिइकन यी धातुहरूमा अमेरिकाको तीव्र २५ प्रतिशत भन्सार शुल्क बुधबारदेखि लागू भएको छ । गत वर्ष दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकामा तीन अर्ब २० करोड अर्ब डलरको इस्पात ढुवानी… पुरा पढौ

युक्रेन युद्धविराम प्रयास, व्यापार युद्धले जी७ कूटनीतिज्ञको बैठकमा प्रभुत्व जमाउने

चार्लोभिक्स, (क्यानाडा), २९ फागुन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार जी७ भेलामा आफ्ना क्यानाडाली समकक्षीसँग भेट्ने तयारी गरेका छन् । यद्यपि युक्रेनमा युद्धविराम सहमत हुने प्रयासहरूले प्रभुत्व जमाउने अपेक्षा गरिएको वार्तामा अमेरिकी विलयको धम्कीको छलफललाई सीमाबाहिर राखिएको छ । रुबियो बुधबार सेन्ट लरेन्स नदीको किनारमा रहेको चार्लोभिक्स सहरमा विश्वका औद्योगिक लोकतन्त्रहरूको क्लबका विदेशमन्त्रीहरूसँग भेट गर्न आइपुगेका हुन्। यस हप्ताको सुरुमा साउदी बन्दरगाह सहर जेद्दामा किएभका प्रतिनिधिहरूसँग भेटेपछि उहाँले रुस–युक्रेन युद्धमा तीन वर्षको रक्तपात रोक्ने अमेरिकी नेतृत्वको प्रयासको बारेमा जानकारी दिने… पुरा पढौ

अमेरिकी करवृद्धिको जवाफमा इयूले अप्रिल १ देखि ‘प्रतिकारात्मक उपाय’ अवलम्बन गर्ने

अमेरिकाले स्टील र एल्युमिनियमको आयातमा २५ प्रतिशत कर लगाएपछि युरोपेली आयोगले आगामी अप्रिल १ देखि ‘प्रतिकारात्मक उपाय’ अपनाउने जनाएको छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले अमेरिकी करका बारेमा एक वक्तव्यमा भने, “हामी यस कदमप्रति गहिरो खेद प्रकट गर्दछौं साथै ब्रसेल्सले ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा ‘प्रतिकारको शृङ्खला सुरु गर्ने’ घोषणा गरेको छ। “कर भनेको कर हो । तिनीहरू व्यापारको लागि खराब छन्, र उपभोक्ताहरूको लागि अझ खराब छन्। यी शुल्कहरूले आपूर्ति श्रृङ्खलालाई बाधा पुर्याइरहेका छन्। यसले अर्थतन्त्रमा… पुरा पढौ

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति

जेद्दा, साउदी अरब , २८ फागुन । मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ। ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि… पुरा पढौ

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ : प्रतिवेदन

बेङ्गलुरु (भारत), २७ फागुन । विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ । स्विट्जरल्यान्ड स्थित वायु गुणस्तर अनुगमन डाटाबेस आइक्युएयरले एक सय ३८ देशका ४० हजार वायु गुणस्तर अनुगमन स्टेसनबाट प्राप्त डाटा विश्लेषण गरेको थियो र चाड, कङ्गो, बङ्गलादेश, पाकिस्तान र भारतमा सबैभन्दा प्रदूषित हावा रहेको पत्ता लगाएको थियो । भारतमा नौ सबैभन्दा प्रदूषित सहरहरू मध्ये छ वटा छन् । तीमध्ये उत्तरपूर्वी भारतको औद्योगिक… पुरा पढौ

युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू

पेरिस, २७ फागुन । रुससँगको कुनै वार्तापछि युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्न इच्छुक ३० युरोपेली र नाटो देशका सैन्य प्रमुखहरू मङ्गलबार पेरिसमा भेट गर्दैछन् । रुसले छिमेकी युक्रेनमा आक्रमण गरेको तीन वर्षभन्दा बढी समय भएपछि युरोपले आफ्नो सुरक्षा बढाउन र संयुक्त राज्य अमेरिकामाथिको निर्भरताबाट मुक्त हुन सङ्घर्ष गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्सअटलान्टिक गठबन्धनलाई उल्ट्याउँदै र मस्कोसँग पुनर्मिलन खोज्दै गरेको बेला यी कदमहरू आएका हुन् । ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग सञ्चार पुनः सुरु गरेका छन् र… पुरा पढौ

इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’: इरान

तेहरान, २६ फागुन । इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय ‘गैरकानुनी’ भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, “यस्ता अभिव्यक्तिहरू अराजकता, मानवताविरुद्ध अपराधको स्वीकारोक्ति हो किनकि एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रविरुद्ध कुनै औचित्य वा कानुनी आधार छैन।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियारको क्षमता खोजिरहेको आरोप लगाउँदै तेहरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिको पछिल्लो निर्णय हो । तेहरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ… पुरा पढौ

अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता

ओटावा, २६ फागुन । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल पतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा पतिक्रिया दिए । “हामीले यो लडाईंका लागि आग्रह गरेका थिएनौँ । तर जब अरू कसैले हात हाल्छ क्यानडेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्,” कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई भने। “त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरून् । हकीमा जस्तै व्यापारमा युद्धमा पनि… पुरा पढौ