अन्तर्राष्ट्रिय 🗺

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी

लिमा, ३१ असार । पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने उनकी छोरीले घोषणा गरेकी छन् । दक्षिण अमेरिकी देशको प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले भनिन्, “मेरो बुबा र मैले कुराकानी गरेका छौं र उहाँले राष्ट्रपतिपदको उम्मेदवार बन्ने निर्णय गर्नुभएको छ ।” सन् १९९० देखि सन् २००० सम्म पेरूका राष्ट्रपति बनेका ८५ वर्षीय फुजिमोरीले पेरूको माओवादी छापामार समूह शाइनिङ पाथलाई पराजित गर्न सैन्य अभियानको नेतृत्व गर्दै कडा शासन गरे। उनलाइ विद्रोहीहरूलाई दवाएर… पुरा पढौ

चीनतर्फ हुने अष्ट्रेलियाली मदिरा निर्यातमा वृद्धि

क्यानबेरा, ३१ असार । अष्ट्रेलियाली सरकारले मे महिनामा चीनतर्फ जाने मदिरा निर्यातमा भएको वृद्धि स्वागतयोग्य भएको बताएको छ । कृषि, मत्स्य पालन तथा वनमन्त्री मुरे वाटले सोमबार भने, अष्ट्रेलियाले मे महिनामा चीनमा ९८ लाख बन्द बोतल मदिरा (वाइन) निर्यात गरेको थियो जसको कुल मूल्य १४२.२ मिलियन अष्ट्रेलियन डलर (९६.३ मिलियन अमेरिकी डलर) हुन्छ । यो सन् २०१९ यता अस्ट्रेलियाबाट चीनतर्फ बोतलबन्द वाइन निर्यातको चौथो उच्च मासिक आँकडा हो । कोभिड–१९ महामारीअघि सन् २०१९ को औसत मासिक निर्यात मूल्यभन्दा मे महिनामा… पुरा पढौ

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, यूरो कपकाे उपाधि स्पेनलाई

मियामी, संयुक्त राज्य अमेरिका, ३१ असार । कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो । यो गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १६ पटक उचालेको छ । निर्धारित ९० मिनेटको समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको… पुरा पढौ

वार्ताबाट बाहिरिएको हमासको भनाइ

गाजा, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, ३० असार । प्यालेस्टिनी लडाकू समूह इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजा युद्धसम्बन्धी युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार एएफपीलाई बताएका छन् । हमासका अर्का एक अधिकारीले हमासका सैन्य नेता मोहम्मद देइफलाई लक्षित गरी आक्रमण गरे पनि उनी ‘सकुशल’ रहेको र इजरायलले गाजाको दक्षिणी शिविरमा व्यापक गोलाबारी गरिरहेको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले शिविरमा भएको आक्रमणमा परी ९२ जनाको मृत्यु भएको जनाएको छ । हमासका राजनीतिक नेता… पुरा पढौ

निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते

काठमाडौं, ३० असार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको एक चुनावी र्यालीमा सरिक भएकाे बेलामा उनमाथि गाेलि प्रहार भएकाे हाे । ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएपछि सुरक्षाकर्मीले उनलाई तत्कालै उद्धार गरेका थिए ।  घटना लगत्तै ट्रम्पले आफ्नाे सामाजिक सञ्जालमा लेख्दै आफू सकुशल रहेको र उपचार भइरहेकाे बताएका छन् । ट्रम्पले सामाजिक सन्जालमा लेखेका छन्, गाेलि चलेका आवाज सुने । गाेलीले मेराे छाला छाेएर गयाे । अनि रगत बगेका देखेपछि… पुरा पढौ

अफगानिस्तानमा सडक दुर्घटनामा : ६ जनाको मृत्यु

पुल–ए–खुमरी, अफगानिस्तान, ३० असार । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएको शनिबार प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ। प्रान्तको डान्ड घोरी जिल्लामा शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको हो । \ त्यसै गरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाह ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य… पुरा पढौ

प्यालेस्टिनी भूमिमा इजरायली कब्जा बारे सल्लाहकार राय दिन संयुक्त राष्ट्रसघीय अदालतको आदेश

द हेग(नेदरल्याण्ड), २९ असार । अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा जुलाई–१९ मा सल्लाहकार राय दिने घोषणा गरेको छ । हेगस्थित आईसीजेको सिट पिस प्यालेसमा जुलाई –१९मा सार्वजनिक सत्र हुनेछ, जहाँ अदालतका अध्यक्ष न्यायाधीश नवाफ सलामले सल्लाहकार राय पेस गर्नेछन् । फेब्रअरीमा आइसीजेमा सार्वजनिक सुनुवाइका क्रममा प्यालेस्टाइन, ४९ संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू लगायत तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले मौखिक बयानहरू प्रस्तुत गरेका थिए । सुनुवाइमा, प्यालेस्टाइनी संयुक्त राष्ट्रका दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रहरूमा इजरायलको कब्जालाई… पुरा पढौ

उत्तरी भियतनाममा पहिरोमा परी ७ जनाको मृत्यु

भियतनाम, २९ असार । उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिदा कम्तीमा सात जनाको मृत्यु भएको शनिबार राज्य सञ्चार माध्यमले जनाएको छ । हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान बिहान ४ बजे पहिरोमा परेको हो । उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ । उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन् । भ्यानमा सवार अन्य छ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको… पुरा पढौ

बङ्गलादेशमा सरकारी जागिरका लागि कोटा प्रणालीको विरोधमा विद्यार्थी

ढाका, २८ असार । बङ्गलादेशको राजधानी ढाका र देशका अन्य स्थानका विद्याथी सरकारी जागिरमा दिइएको कोटा प्रणालीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । विद्यार्थीहरूले बिहीबार देशभरका व्यस्त चोकहरूमा प्रदर्शन गर्दै चौथो दिन पनि यातायात अवरुद्ध पारेका छन् भने उनीहरूले ५६ प्रतिशत कोटा दिने सरकारी रोजगार नीतिमा सुधारको माग गरेका छन् । बिहीबार बिहानदेखि सुरु भएको दिनभरको आन्दोलन साँझसम्म चलेको थियो । नाकाबन्दीले विशेषगरी देशभरका कलेज र विश्वविद्यालय वरपरका क्षेत्रमा ट्राफिक जाम भएको छ । ढाका विश्वविद्यालयका विद्यार्थी तथा आन्दोलनका आयोजक नाहिद… पुरा पढौ

जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराएपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा थप चिन्ता

वासिङ्टन, २८ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराए । यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याएका थिए। राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रेनी नेता भएको बताए। दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ । “अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,” बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा… पुरा पढौ