साना, १३ असार । यमनको हुथी समूहले बुधबार इराकी लडाकूसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ । “इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज ’एमएससी मान्जानिलो’लाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको छ,” हुथी सैन्य प्रवक्ता याह्या सारियाले अल–मसिराह टेलिभिजनमार्फत जानकारी गराए । उनले आक्रमणले पूर्ण सफलता हासिल गरेको जानकारी गराए । “हामी प्यालेस्टिनी जनताको समर्थनमा इराकी इस्लामिक प्रतिरोधसँग यो संयुक्त सैन्य कारबाही जारी राख्नेछौं,“ सारियाले यस आक्रमणलाई इजरायल–प्यालेस्टाइन सङ्घर्षसँग जोड्दै भने। उनले प्यालेस्टाइनमा…
पुरा पढौ