अन्तर्राष्ट्रिय 🗺

बङ्गलादेशलाई ग्यास आपूर्ति गर्न कतारद्वारा १५ वर्षे सम्झौता

दोहा, १५ माघ । कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बङ्गलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५ वर्षको अवधिमा बङ्गलादेशमा वार्षिक १० लाख टन खाना पकाउने आपूर्ति गर्नेछ । चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग कतारी ग्यास आपूर्ति सम्झौताका लागि गत वर्ष घोषणा गरिएको थियो । यी सम्झौताहरू, २७ वर्ष लामो उद्योगको इतिहासमा सबैभन्दा लामो सहमति हो । कतारका ऊर्जामन्त्री साद अल–काबीद्वारा जारी विज्ञप्तिमा… पुरा पढौ

जापान : स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो

जापानको चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरू गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले सोमबार जनाएको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ । जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, “हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान… पुरा पढौ

रायन एयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

लण्डन, १५ माघ  । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर) ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ । सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताए । कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५… पुरा पढौ

भारतमा मन्दिर भत्किँदा एक महिलाको मृत्यु, १७ जना घाइते

नयाँदिल्ली, १४ माघ । भारतको राजधानी नयाँदिल्लीमा भक्तजनका लागि बनाइएको मञ्च एक्कासि भत्किँदा एक महिलाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । “आइतबार बिहानै हामीलाई कालकाजी मन्दिरको एउटा स्टेज भत्किएको खबर आयो । तत्काल उद्धार टोली घटनास्थलमा पुगेको छ,” स्थानीय प्रहरी अधिकारीले भने । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । घटनापछि कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो र मानिसहरु भागेर आत्तिएर चिच्याइरहेका देखिन्थे । प्रहरी अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले मन्दिरमा बिना… पुरा पढौ

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

पटना, १४ माघ । बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड)का अध्यक्ष नितिश कुमारले आइतबार पटनास्थित राजभवन पुगेर राज्यपाल राजेन्द्र अर्लेकरलाई आफ्नो राजीनामा बुझाएका छन् । राजभवनमा राज्यपाललाई भेटेर नितिशले भने, “हामीले राज्यमा महागठबन्धनसँग सम्बन्ध तोड्ने निर्णय गरेका छौं । नितिशले भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा पुनः सामेल हुने र राज्यमा ‘महागठबन्धन’ शासनको अन्त्य गर्ने चर्चा चलिरहेकै बेला यो घटना भएको हो । पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख तथा पूर्व मुख्यमन्त्री लालु यादवकी छोरी रोहिणी आचार्यले… पुरा पढौ

‘सम्पत्ति जफतको परिणाम नराम्रो हुने’ रूसको पश्चिमी मुलुकहरूलाई चेतावनी

मस्को, १४ माघ । विदेशस्थित रूसी सम्पत्ति र सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ रूसले दिने रूसी विदेश मन्त्रालयले आइतबार जनाएको छ । “हामीले विदेशमा रूसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँं । “रूसी महासङ्घको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त र मान्यताको उल्लङ्घन गरेको हामीले बारम्बार उल्लेख गरेका छौं,” रूसी मन्त्रालयलाई उद्धृत गर्दै आरआईए नोभोस्तीले उल्लेख गरेको छ ।… पुरा पढौ

यौन दुव्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

न्यूयोर्क, १३ माघ  । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानिको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी छन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताए । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक… पुरा पढौ

निर्वाचन प्रचारमा छाँयामा पाकिस्तानका पूर्व प्रधानमन्त्री खान

मियाँवाली, पाकिस्तान, १३ माघ । क्रिकेट खेलाडीबाट पाकिस्तानको राजनीतिमा उदाएका र विश्वभर ख्याति कमाएका पूर्वप्रधानमन्त्री इमरान खान आफ्नो निर्वाचन क्षेत्र र पुख्र्यौली मातृभूमि मियाँवालीमा निकै लोकप्रिय छन्। सडकमा टाँसिएका राजनीतिक पोस्टरमा उनको अनुहार देखिँदैन र उनको दलको झण्डा भेटिँदैन । पाकिस्तानको शक्तिशाली सेनाको सहयोग देखिएको वर्तमान् सरकारले व्यापक रूपमा गरेको निरन्तर कारबाहीका कारण पूर्वप्रधानमन्त्री खान र उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी मतदान अघि चुनावी अभियानमा लगभग छायाँमा परेको छ । मियाँवालीबाट पीटीआईका लागि पूर्वप्रधानमन्त्री खानको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेका ६१… पुरा पढौ

आईएमएफ सम्झौताबारे मिलेर काम गर्न राष्ट्रपति विक्रमासिङ्घेको आग्रह

कोलम्बो, १३ माघ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौतामा देशको अडान र कुनै संशोधन आवश्यक छ कि छैन भन्ने विषयमा छलफल गर्न संसद्मा रहेका सबै राजनीतिक दलका नेतालाई आग्रह गरेका छन् । राष्ट्रपति विक्रमासिङ्घेले सम्झौता कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकसँग छलफल गर्न आफूले नेताहरूलाई निमन्त्रणा गरेको राष्ट्रपतिको सञ्चार महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले राजनीतिक दलले सहकार्य गरेर विभिन्न दृष्टिकोणको खोजी गर्नुपर्ने र लाभप्रद ठानेमा संशोधन प्रस्ताव गर्नुपर्ने बताए। सम्झौताका… पुरा पढौ

कङ्गोमा बम विस्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले उक्त आक्रमणलाई आतङ्कवादी कार्य र अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन मानेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ मा पूर्वी कङ्गोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय सङ्कट अझै बिग्रिएको छ ।… पुरा पढौ