अन्तर्राष्ट्रिय 🗺

श्रीलङ्काद्वारा ऋण पुनर्संरचना सम्झौतापूर्व ब्याजदर कटौती

कोलम्बो, ८ मङ्सिर । श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक प्रमुख ब्याजदरमा कटौती गरेको छ । गत वर्ष अप्रिलमा ४६ अर्ब अमेरिकी डलरको ऋण नतिरेको यो देशले सबैभन्दा आवश्यक वस्तुहरूको आयातको लागि विदेशी मुद्राको अभाव भएपछि टापु राष्ट्रका दुई करोड २० लाख मानिसहरूको जीवन कष्टकर बनेको थियो । गत वर्षको सङ्कटको चरमोत्कर्षमा रहेको बेला महिनौंदेखि जारी नागरिक विद्रोहको बलमा तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई राजिनामा दिन बाध्य पारिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको अर्थतन्त्रस्थिर… पुरा पढौ

इजराइल-हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम, ७ मङ्सिर । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीबार यस्तो नहुने सङ्केत गरे। “हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ”, उनले एक विज्ञप्तिमा भने, “रिहाइको सुरुआत पक्षहरूबीचको मूल… पुरा पढौ

दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न चीनसँग आग्रह

सोल, ७ मङ्सिर । दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गरेका छन् । बेइजिङको विदेश मन्त्रालयले कुनै विवरण उल्लेख नगरी ३१ वर्षीय सनलाई ‘गैरराज्य कर्मचारहरूबाट घुस लिएको आशङ्कामा’ हिरासतमा लिइएको गत मे महिनामा बताएको थियो । दक्षिण कोरियाली मिडियाले सनलाई उत्तरपूर्वी प्रान्त लियोओनिङमा राखिएको तर त्यसपछि उनको अवस्थाबारे कुनै समाचार नआएको बताएको छ । सन् २०२१ देखि चिनियाँ सुपर लिग क्लब सेन्डोङ ताइसानसँग आबद्ध सनले सन् २०२२… पुरा पढौ

पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु

पेशावर (पाकिस्तान), ६ मङ्सिर । इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबीचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् । पाकिस्तानले व्यावसायिक सवारी साधनका चालक दललाई प्रवेश गर्नका लागि राहदानी र भिसा प्रवेशाज्ञा मागेपछि मङ्गलबार व्यापारिक यातायात ठप्प भएको थियो । बदलामा अफगानिस्तानले कुनै पनि ट्रकलाई पास गर्न अनुमति दिन अस्वीकार गर्यो । “हिजो पाकिस्तानले आफ्नो नयाँ नियम लागु गरेपछि अफगान पक्षले व्यापार स्थगित गरेर विरोध गर्यो”, पाकिस्तानका एक भन्सार अधिकारीले एएफपीलाई भने,… पुरा पढौ

इगुआना आक्रमण : थाइल्यान्डको घेरामा सरीसृप

बैङ्कक, ६ मङ्सिर । थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । छेपारा थाइल्यान्डका मूल निवासी होइनन् । यी मूलरूपमा मध्य र दक्षिण अमेरिकाका हुन् । यद्यपि थाइल्यान्डमा यिनीहरू घरपालुवा जीवका रूपमा अत्यन्त लोकप्रिय छन् । घरपालुवा जीव मानिने शाकाहारी छेपारा घरबाट भागेका हुन् वा जानाजानी जङ्गलमा छोडिएको हो भन्दै यिनीहरूको गतिविधिमाथि वातावरणीय चिन्ता व्यक्त गरिएको छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति… पुरा पढौ

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता

दोहा, ६ मङ्सिर । इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ । “मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ”, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको सङ्ख्या बढाइने सहमति… पुरा पढौ

दश दिनदेखि सुरुङमा फसेका भारतीय कामदार क्यामेरामा देखिए

देहरादुन (भारत), ५ मङ्सिर । दश दिनदेखि भत्किएको सुरुङमा फसेका ४१ भारतीय कामदारलाई मङ्गलबार पहिलोपटक क्यामेरामा जीवित देखिएको छ । उद्धारकर्मीहरूले उनीहरूलाई सुरुङबाट बाहिर निकाल्नका लागि नयाँ बाटो बनाउने प्रयास गरिरहेका छन् । प्रस्तावित मार्गमध्ये एउटा करिब आधा किलोमिटर लामो छ । थकित र चिन्तित देखिएका तथा बाक्लो दाह्री भएका पुरुषहरूलाई उद्धारकर्मीहरूले अक्सिजन, खाना र पानी पठाइने पातलो पाइपबाट तल पठाइएको इन्डोस्कोपिक क्यामेरामा हेरिरहेको देख्न सकिन्छ । सरकाले जारी गरेको भिडियोमा देखाइएको छ, “हामी तपाईंहरूलाई सुरक्षितरूपमा बाहिर ल्याउने छौ, चिन्ता नगर्नुहोस्”,… पुरा पढौ

गाजा युद्धविराम सम्झौता ‘नजिक’-हमास

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), ५ मङ्सिर । हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ व्यक्तिलाई हमासको लडाकू समूहले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई आफ्नो कार्यालयले पठाएको एक विज्ञप्तिमा हानियेहले भने। गाजामा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले प्यालेस्टिनी लडाकूहरूले राखेका करिब दुई सय ४० बन्धकमध्ये केहीलाई मुक्त गर्नका लागि एउटा सम्झौतामा पुग्ने प्रयास गरेका छन् । गत… पुरा पढौ

किएभलाई अमेरिकी समर्थनबारे आश्वस्त पार्न अमेरिकी रक्षामन्त्रीको युक्रेन भ्रमण

किएभ (युक्रेन), ४ मङ्सिर । वासिङ्टनले रुसी सेनाको आक्रमणविरुद्धको लडाइँलाई समर्थन जारी राख्ने वासिङ भनी युक्रेनलाई आश्वस्त पार्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोमबार किएभको अघोषित भ्रमण गरे। अमेरिकाले युक्रेनका लागि सुरक्षा सहयोगमा अर्बौं डलर प्रदान गरेको छ । साथै उसले ‘जबसम्म आवश्यक हुन्छ’ किएभलाई समर्थन गर्ने वाचा दोहोर्याउँदै आएको छ । यद्यपि कट्टरपन्थी रिपब्लिकन सांसदहरूको विरोधले अमेरिकी सहयोगको भविष्यका बारेमा शङ्का पैदा भएको छ । “रक्षामन्त्री अस्टिनले युक्रेनी नेताहरूसँग भेट्न र युक्रेनको स्वतन्त्रताको लडाइँका लागि अमेरिकाको दृढ समर्थनलाई बलियो बनाउनका लागि… पुरा पढौ

नौ दिनदेखि फसेका ४१ पुरुषका लागि नयाँ सुरुङ खन्ने

देहरादुन (भारत), ४ मङ्सिर । भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् । सुरुङको एक भाग भत्किएपछि एक्सक्याभेटरहरूले गत कात्तिक २६ गतेदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावशेष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयरलिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ । इन्जिनियहरूले भग्नावशेषबाट करिब ९०… पुरा पढौ