अन्तर्राष्ट्रिय 🗺

संयुक्त राष्ट्रसंघले यमनमा शान्ति स्थापनाका लागि सघाउने

संयुक्त राष्ट्रसंघ, २ बैशाख । संयुक्त राष्ट्रसंघले यमनमा शान्ति प्रक्रियाका लागि सहयोग गर्ने भएको छ । यहाँका राजनीतिक दलहरुको सहभागितामा हालै एक परिषद गठन गरिएको र सोही काउन्सिलमार्फत् यो सहयोग गर्ने भएको हो । यमनमा संयुक्त राष्ट्र संघको सहयोग र समन्वयमा प्रेडिसेन्सियल लिडरसिप काउन्सिल पिएलसी गठन गरिएको र सो परिषदमार्फत् शान्ति प्रक्रियाका लागि पहल गरिने भएको हो । यसैबीच यमनका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल पिएलसीलाई आफ्नो शक्ति हस्तान्तरण गरेका छन् । उनले गरेकाे शक्ति हस्तान्तरणको प्रक्रियाको संयुक्त… पुरा पढौ

जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब १०० घाइते

जेरुसेलम, २ बैशाख । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब १०० जना घाइते भएका चिकित्सकहरूले बताएका छन्। प्यालेस्टिनी रेड क्रिसेन्टका एक अधिकारीले एएफपीलाई बताए अनुसार "९० जना घाइतेहरूलाई जेरुसेलम अस्पतालमा सारिएको छ" र "अन्य दर्जनौं घाइतेहरूलाई मैदानमा उपचार गरिएको छ" झडपमा "रबरको गोली र साउन्ड ग्रेनेडको प्रयोग गरिएको थियो। इजरायली प्रहरीले कम्तीमा तीन अधिकारी घाइते पनि भएको जानकारी दिएको छ। पुरा पढौ

रुस युक्रेन युद्धको असर कम गर्ने काममा लाग्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १ बैशाख । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ । उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिकहरु लाग्नुपर्ने अवस्था रहेको उनले बताए । उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताए । यी दुई देशको युद्धका कारण संसारका विभिन्न देशहरु र… पुरा पढौ

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

मस्को, १ बैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ। बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको प्रतिक्रियास्वरूप पश्चिमी देशहरूले रुसविरुद्ध धेरै प्रतिबन्धहरू लगाएका छन्। तिनीहरूमध्ये केहीले प्रत्यक्ष वा परोक्ष रूपमा रूसी तेल र ग्यास क्षेत्रलाई असर गरेको छ । बेलायतले रूसी ऊर्जा स्रोतहरूको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । त्यसपछि, बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट तेल… पुरा पढौ

फिलिपिन्समा बाढी र पहिरोबाट ११५ को मृत्यु

अबुयोग, ३० चैत । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन् । कैयौ मानिसहरू अझै हराइरहेका छन्… पुरा पढौ

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो

मस्को १ बैशाख । रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले जनाएको छ। "अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका ३२८ सांसदहरू विरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को 'लहर' को प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ। रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टर सहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो। यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि… पुरा पढौ

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

फिलिपिन्स, ३० चैत । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् । ‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । पुरा पढौ

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

मस्को, ३० चैत एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । पुरा पढौ

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफद्धारा शपथ

इस्लामावाद, २९ चैत । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३ औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री इमराख खानले पाकिस्तानको संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि भएको मतदानमा शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । पाकिस्तानको संसद्मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लिम लिग, नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । सोमबार नै राति आयोयित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानको संसद्का ३४२ सदस्य… पुरा पढौ

४९७ अवैध आप्रवासीको उद्धार

त्रिपोली, २९ चैत । आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ । सो संगठनले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी दिएको हो । ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए । लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संगठनले उद्धार गरेर लिबिया नै फर्काएको थियो । सो संगठनले सात दिनको अवधिमा उनीहरुलाई उद्धार… पुरा पढौ