अन्तर्राष्ट्रिय 🗺

रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेकाेले फेसबुक र ट्विटरकाे प्रयाेगमा राेक

मस्को, २१ फागुन । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए। "मार्च २०२२ मा, रुसी भाषामा फेसबुक नेटवर्क (मेटा प्लेटफर्म, इंकको स्वामित्वमा रहेको) मा पहुँच रोक्ने निर्णय गरिएको हो । "हामीले हाम्रा सेवाहरू पुनर्स्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौं ताकि तिनीहरू सुरक्षित रूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको… पुरा पढौ

संयुक्त राष्ट्रसंघद्वारा रुस-युक्रेन वार्ताको स्वागत

न्यूयोर्क, २१ फागुन । संयुक्त राष्ट्र संघले रुस-युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ। "हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौं," राजनीतिक मामिलाका उप-महासचिव रोजमेरी डिकार्लोले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा उल्लेख गरिन्। संयुक्त राष्ट्रसंघले बुझेको छ कि दुई पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको छ। "हामी आशा गर्छौं यो रिपोर्ट गरिएको सम्झौता ढिलाइ… पुरा पढौ

पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

न्यूयोर्क २१ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्। "प्रार्थनागृहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ।" उनले भने । शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै… पुरा पढौ

युक्रेनमाथिको हमला योजना अनुसार नै : रुसी राष्ट्रपति पुटिन

मस्को, २० फागुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन् । उनले भने– युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ । रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राखेका हुन । उनले हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ–उनले भने, रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि छ । उनले भने– रुसी सेनाले ठूलो… पुरा पढौ

इन्डोनेसियामा आपराधिक समूहद्धारा आठ जनाको हत्या

जाकार्ता, २० फागुन । इन्डोनेसियामा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ आमनागरिकको मृत्यु भएको छ ।पपुपाका पृथकतावादीहरुले उनीहरुको हत्या गरेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । मारिएकाहरु प्रविधि सम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन । सो कम्पनीको टावरलाई समेत असर पार्नेगरी उनीहरुले आक्रमण गरेको जनाइएको छ ।सरकारी अधिकारीहरुले खराब मौसमका कारण उनीहरुलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् । हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घटनास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरु पुग्न कठिन भएको बताइएको छ । “हामीले हाम्रो… पुरा पढौ

भारतमा सात हजार पाँच सय भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, १८ फागुन । भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य… पुरा पढौ

राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल, ६० लाख मानिस विस्थापित

संयुक्त राष्ट्रसंघ, १८ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए। युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ । उनले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार जना नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए। मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका… पुरा पढौ

रूस सिर्जित सङ्कटसँग जुझ्न एकताका लागि अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

वासिङ्टन, १८ फागुन । रूसले यूक्रेनमा आक्रमण गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गरेका छन् । विश्वले कोभिड–१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले यूक्रेनमा गरेको आक्रमणले पुनः विश्वमा तनाव बढेको उनले बताए। बाइडेनले पूरै एक घण्टाको सम्बोधनलाई रूसको यूक्रेनी भूमिमा भएको हस्तक्षेप रोक्ने बिषयमा केन्द्रित गरेका थिए । बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पूटिनलाई ‘रूसी तानाशाह’… पुरा पढौ

पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु

इस्लामाबाद, १८ फागुन । पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर, एनसीओसीले बुधबार जानकारी दिएको छ । पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई कोरोना सङ्क्रमण देखा परेको छ । ती मध्ये १४ लाख ४५ हजार २४५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल पाकिस्तानमा ९८१ जना गम्भीर बिरामीसहित ३५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत… पुरा पढौ

राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल

काठमाडौं, १८ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए । ‘युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।’ उनले भनेका छन् । रुसको सैन्य आक्रमणबाट दशौं हजार जना नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा उनले जोड दिए । उनले मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब… पुरा पढौ