अन्तर्राष्ट्रिय 🗺

श्रीलंकामा यसवर्ष एक लाख पर्यटक पुगे

कोलम्बो, १४ मङ्सिर । श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा यहाँ यस वर्षको अहिलसम्म १ लाख १ हजार भन्दा केही बढी पर्यटक पुगेका छन् । यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् । कोभिड १९ का कारणले यहाँ पर्यटकहरु नपुगेका बताइएको छ । तर यो नोभेम्बर महिनामा मात्र यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको… पुरा पढौ

भारतमा ओमिक्रोन भित्रिन नदिन उच्च सतर्कता

नयाँ दिल्ली, १४ मङ्सिर । हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस भित्रिन नदिने भन्दै भारतमा उच्च सतर्कता अपनाइएको समाचारमा जनाइएको छ ।भारतमा चार दिनअघि दक्षिण अफ्रिकाबाट आएका एकजना ३२ वर्षीय युवकलाई पिसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनलाई उच्च निगरानीमा राखिएको बताइएको छ । तर पनि उनलाई कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन हो कि होइन भन्ने बारेमा स्पष्ट भने भइसकेको छैन । नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरुले दक्षिण अफ्रिकाबाट आएका ती नागरिकमा यो नयाँ भेरियन्ट भेटिन सक्ने अनुमान मात्र गरिएको बताएका छन्… पुरा पढौ

नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

लागोस, १४ मङ्सिर । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा… पुरा पढौ

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

नयाँ दिल्ली, १४ मङ्सिर । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका थिए । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ५४३ मा झरेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले १० हजार ११६ जना पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । एउटै… पुरा पढौ

बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

ब्रिजटाउन, १३ मङ्सिर विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सवैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ । बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुग्नु भएको छ । बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छ । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं… पुरा पढौ

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्ने बारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन

जेनेभा१३ मङ्सिर : विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ । दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालैमात्र यो कोरोना… पुरा पढौ

पेरूमा भूकम्प दश घाइते ७५ घर ध्वस्त

लिमा १३ मङ्सिर । उत्तरी पेरुमा गएको ७.५ रेक्टर स्केलको भूकम्पमा परी दश व्यक्ति घाइते भएका छन् । यस भूकम्पको कारण ७५ घर धवस्त भएको जनाइएको छ । स्थानीय समयानुसार आइतबार बिहान ५ः५२ बजे सो भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महसूस गरिएको थियो । छिमेकी मुलुक इक्वेडरमा पनि यस भूकम्पबाट क्षति भएको समाचारमा जनाइएको छ यस भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको… पुरा पढौ

ल्याण्ड र बेलारुसको सीमा क्षेत्र र फ्रान्समा पनि भेटियो ओमिक्रोन

पेरिस १३ मङ्सिर । पोल्याण्ड र बेलारुसको सिमा क्षेत्र र फ्रान्समा पनि कोरोनभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनबाट सङ्क्रमित भेटिएका छन् । फ्रान्सका स्वास्थ्य मन्त्रीले आइतबार राती ओमिक्रोनबाट सङ्क्रमित शंकास्पद विरामी भेटिएको जानकारी दिए । पछिल्लो १४ दिनमा अफ्रिकाबाट आएकाहरुमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको उनको भनाई छ । सङ्क्रमित भएका मध्ये ८ जनामा कोरोनाभाइरसको नयाँ सङ्क्रमण ओमिक्रोन नै हुन सक्ने उनले बताए। त्यसैगरी पोल्याण्ड र बेलारुसको सीमा क्षेत्रमा रहेको आप्रवासी शिविरमा पनि कम्तीमा दुई जनामा कोरोनाभाइरसको नयाँ संस्करण… पुरा पढौ

तालिबानले युरोपेली संघसँग मागे सहयोग

ब्रसेल्स १३ मङ्सिर । युरोपेली संघका अधिकारीहरूसँगको सप्ताहन्तको भएको वार्ताको क्रममा तालिबानले अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि मद्दत मागेको छ । युरोपेली संघका अधिकारीहरुले अफगानिस्तानमा जारी मानवीय अवस्थाको बारेमा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको आइतबार इयुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘वार्ताले अन्तरिम (तालिबान) सरकारको इयुद्वारा मान्यतालाई संकेत गर्दैन तर यो इयु र अफगान जनताको हितमा इयुको परिचालन संलग्नताको हिस्सा हो ’ इयु युरोपेली बाह्य कार्य सेवा (इइएएस) ले आफ्नो विज्ञप्तिमा भनेको छ । तालिवान प्रतिनिधिमण्डलको नेतृत्व अन्तरिम विदेशमन्त्री अमिर खान मुताक्कीले… पुरा पढौ

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा जापानको रक्षा बजेट बढ्ने आशा व्यक्त

वासिङ्टन १२ मङ्सिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको जापानी सञ्चारमाध्यमले जनाएको छ। किशिदाले चीनको बढ्दो उदयको बीचमा जापानको रक्षा खर्च बढाउन उत्सुकता देखाएको बेला बाइडेनको टिप्पणी आएकोक्योडो न्यूजले कूटनीतिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। अहिलेसम्म जापानले आफ्नो रक्षा बजेट बढाउँने प्रतिबद्धता व्यक्त गरेको छ । जापानी प्रधानमन्त्रीले आफ्नो देशको रक्षा क्षमता सुदृढ गर्ने वाचा गरेका छन् । किशिदाको उक्त टिप्पणी ग्राउन्ड सेल्फ-डिफेन्स फोर्स (GSDF) बेसमा भाषणको… पुरा पढौ