अन्तर्राष्ट्रिय 🗺

भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, २३ भदौ । भारतमा गत २४ घण्टामा थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३८ हजारको हाराहारी पुगेको अधिकारीले बुधबार जानकारी दिएका छन् । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये केरला राज्यमा मात्रै… पुरा पढौ

ब्रिक्स फोरम विश्वव्यापी औद्योगिक शृङ्खलालाई स्थिरताका लागि जोड

चीन (सियामेन), भदौ २३ । पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ । ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत, अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधि, सम्बन्धित सरकार, कम्पनी, अनुसन्धान संस्था र औद्योगिक सङ्गठनबाट उक्त ब्रिक्स फोरमको बैठकमा सहभागिता रहेको थियो । उक्त कार्यक्रमलाई भिडियोमार्फत सम्बोधन गर्दै रुसका उद्योग तथा व्यापार उपमन्त्री एलेक्सी ग्रुजदेवले ब्रिक्सले कोभिड–१९ महामारीले ल्याएका विकराल चुनौतीको सामना गर्दै अन्तरराष्ट्रिय सहयोगको लागि उत्कृष्ट उदाहरण बनेको बताए । उनकाअनुसार ब्रिक्स सदस्य… पुरा पढौ

१२ बुँदे घोषणपत्र जारी गर्दै डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न

काठमाडौं, २२ भदौ । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने सम्बन्धमा १२ बुँदे घोषणपत्र जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको ७४ औं बैठक आज सम्पन्न भएको छ । भर्चुअलरुपमा सञ्चालित दुई दिने सो बैठकले जारी गरेको घोषणापत्रमा कोभिड–१९ को महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच पु¥याउन र दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि राजनीतिक नेतृत्वको सहभागिता हुनुपर्नेमा जोड दिएको उल्लेख छ । घोषणा पत्रमा… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीले अध्यक्षता गर्ने

नयाँ दिल्ली, २२ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्ने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ । शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागीता हुनेछ । ब्रिक्स शिखर सहयोगमा निरन्तरता र सहमतिको लागि भारतले बहुपक्षीय प्रणालीमा सुधार, आतङ्कवादको प्रतिरोध, दीगो विकास लक्ष्य हासिल गर्नका लागि डिजिटल र टेक्नोलोजी उपकरणको प्रयोग गरी जनताको आदानप्रदान बढाउने गरी चार प्राथमिकता क्षेत्रको रूपरेखा बनाएको जनाइएको छ । यी क्षेत्र… पुरा पढौ

बेलायतमा सङ्क्रमितको सङ्ख्या ७० लाख पुग्याे

लन्डन, २२ भदौ । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । यसैगरी यहाँ गएको २४ घन्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।… पुरा पढौ

अमेरिकालाई महामारी विरुद्ध लड्न विश्व समुदायलाई सहयोग गर्न चीनको आग्रह

बेइजिङ, २२ भदौ । कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन । विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन । उनले भने, अमेरिकाले यस महामारीका विरुद्धमा लड्न चीनसँग सहयकार्य गर्नुपर्छ । प्रवक्ता यनबिनले यदि यसरी सहकार्य गर्न… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली, २२ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३१ हजार २२२ जना नयाँ सङ्क्रमित थपिएका छन् । तीमध्ये केरला राज्यमा मात्रै १९ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।… पुरा पढौ

गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घ, २१ भदौ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाको निन्दा गरेका छन् । गुएनामा भएको राजनीतिक ‘कु’ को महासचिव गुटर्रेसले कडा शब्दमा निन्दा गरेकाे महासचिवका प्रवक्ता स्टेफान डुजारिकले बताए। गुएनामा राष्ट्रिय सुरक्षा फौजको प्रयोग गरेर गरिएको शक्ति हत्याको निन्दा गर्दै महासचिव गुटर्रेसले त्यहाँका राष्ट्रपतिलाई तुरुन्त रिहा गर्न पनि माग गरेका छन् । गुएनामा सुरक्षा फौजको प्रयोग गरी शक्ति हत्याइएको र राष्ट्रपति अल्फा कोन्डेलाई बन्दी बनाइएको छ । महासचिव गुटर्रेसले आइतबार ट्वीट गरेर भने–गुएनामा सुरक्षा… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली, २१ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन्… पुरा पढौ

पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित

इस्लामाबाद, २१ भदौ । पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले सोमबार जनाएको छ । पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन् । त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन् । हाल पाकिस्तानमा सक्रिय सङ्क्रमितको संख्या ९२ हजार ३६७ रहेको छ । ती मध्ये ५ हजार ६०६ जना अवस्था गम्भीर रहेको बताइएको छ । कोरोनाको कारण हालसम्म पाकिस्तानमा २६ हजार २३२… पुरा पढौ