अन्तर्राष्ट्रिय 🗺

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

वासिङटन, १८ बैशाख । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबार हस्ताक्षर गरे । अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जनाएका छन् । भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागु हुने र यो निर्णय… पुरा पढौ

कोभिड-१९ विरुद्धको लडाईमा सघाउन विश्वका ४० भन्दा बढी देशले भारतलाई सहयोग गर्ने

नयाँ दिल्ली, १७ वैशाख । विश्वका ४० भन्दा बढी देशले भारतलाई कोभिड–१९ का विरुद्धको लडाईमा सघाउने जनाएका छन् । ती देशहरुले भारतलाई आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु सहयोग गर्ने बताएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले जानकारी दिए । उनले विश्वका ४० भन्दाबढी देशले भारतले कोभिडका विरुद्धमा गरेको संघर्षलाई सघाउने बताए । ती देशहरुले भारतलाई आवश्यक पर्ने औषधि, स्वास्थ्य उपकरणहरु, जनस्वास्थ्य अधिकारीहरु, अक्सिजन उत्पादनका लागि आवश्यक पर्ने उपकरण तथा सामग्रीहरु आदि सहयोग गर्ने भएका हुन् । भारतमा हाल कोभिडको अवस्था निकै… पुरा पढौ

दिल्लीमा राष्ट्रपति शासन लगाउन भाजपा सांसदको माग

नयाँ दिल्ली, बैशाख १७ . भाजपा सांसद राकेश सिन्हाले अरविन्द केजरीवाल सरकारले जनतालाई असुरक्षित छोडेको आरोप लगाउँदै दिल्लीमा राष्ट्रपति शासन लागू गर्नुपर्ने बताएका छन् । राज्यसभाका सदस्य तथा भाजपा नेता सिन्हाले एक ट्वीटरमा लेखेको सन्देशमा भनिएको छ, “दिल्ली गम्भीर सङ्कटमा छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको राज्य सरकारले मानिसहरूलाई अनिश्चित र असुरक्षित अवस्थामा छोडेको छ । परिस्थिति बिग्रँदै गइरहेको छ । राजधानीको अवस्थाले सम्पूर्ण विश्वलाई भारतबारे गलत सन्देश पठाउँदछ त्यसैले केन्द्रले राष्ट्रपति शासनमार्फत् दिल्लीलाई प्रत्यक्ष हेर्नुपर्छ । आम आदमी पार्टी… पुरा पढौ

इन्डोनेसियामा फेरि आइपुग्यो चिनियाँ खोप

जकार्ता, १७ बैशाख । चिनियाँ औषधि निर्माता कम्पनीहरुले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरु पुनः शुक्रबार इन्डोनेसिया आइपुगेको छ । सञ्चार मन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) ले उत्पादन गरेको ४ लाख ८२ हजार ४०० डोज खोप इन्डोनेसिया आइपुगेको जानकारी दिए । इन्डोनेसियाले हालसम्म सिनोभ्याकबाट कूल ६ करोड ५५ लाख डोज खोप प्राप्त गरिसकेको छ । साथै सिनोभ्याक, सिनोफार्म र कोभाक्स सुविधा मार्फत अस्ट्राजेनिकाको समेत गरी कूल ८४ लाख ४८ हजार… पुरा पढौ

म्यानमारको सेनाद्वारा थप एक महिना युद्धविराम घोषणा

याङ्गुन, १७ बैशाख . म्यानमारको सेनाले युद्ध विरामको समयावधि एक महिना थप गरेको छ । आगामी मे ३१ सम्म सेनाबाट हुने कारबाही सम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो । प्रधान सेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको समयावधि लम्ब्याइएको उल्लेख छ । सेनाले कारबाही सम्बन्धी कामहरु नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरु भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ । म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएर शासन गर्न थालेको… पुरा पढौ

भारतमा एकै दिन तीन लाख ८६ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली, १७ बैशाख । भारतमा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । तिब्र गतिमा फैलिएको कोरोनाभाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । दैनिक रुपमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो… पुरा पढौ

दक्षिण कोरियाका राष्ट्रपतिलाई दोस्रो खोप

सोल, १७ बैशाख । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाएका छन् । राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उनले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाएका हुन । उनले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाएका थिए । अमेरिकाको भ्रमणमा निस्कनु अघि उनले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गरेका हुन । राष्ट्रपति मुनको जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिए… पुरा पढौ

इन्डोनेसियामा फेरि आइपुग्यो चिनियाँ खोप

जकार्ता, १७ बैशाख । चिनियाँ औषधि निर्माता कम्पनीहरुले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खोपहरु पुनः शुक्रबार इन्डोनेसिया आइपुगेको छ । सञ्चार मन्त्री जोनी प्लेटले शुक्रबार सिनोभ्याक बायोटेक लिमिटेडबाट उत्पादित ६० लाख तथा चाइना नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) ले उत्पादन गरेको ४ लाख ८२ हजार ४०० डोज खोप इन्डोनेसिया आइपुगेको जानकारी दिए । इन्डोनेसियाले हालसम्म सिनोभ्याकबाट कूल ६ करोड ५५ लाख डोज खोप प्राप्त गरिसकेको छ । साथै सिनोभ्याक, सिनोफार्म र कोभाक्स सुविधा मार्फत अस्ट्राजेनिकाको समेत गरी कूल ८४ लाख ४८ हजार… पुरा पढौ

कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन, “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” मा प्राथमिकता

वासिङ्टन, १६ बैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताए। कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताए। उनले भने, “अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको… पुरा पढौ

मोडर्नाले सन् २०२२ मा तीन अर्ब डोज खोप उत्पादन गर्ने

पेरिस, पेरिस, १६ बैशाख अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा युरोप र संयुक्तराज्य अमेरिकामा खोप उत्पादन र आपूर्ति बढाउन आर्थिक सहायता प्राप्त हुने विश्वास पनि व्यक्त गरेको छ । लगानी बढाइएको खण्डमा खोपका लागि आवश्यक तत्व उत्पादनलाई स्वीस साझेदार लोन्जा र स्पेनको रोभीले दोब्बर वृद्धि गर्न सक्षम हुनेछन् । अमेरिकामा रहेको मोडर्नाको प्लान्टको उत्पादन क्षमता पनि ५० प्रतिशतले वृद्धि हुनेछ ।… पुरा पढौ