साहित्य

पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

गण्डकी, १४ वैशाख। पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ । गीत सङ्गीत र साहित्यका विविध पक्षमा चर्चा गरिएको पर्वमा विभिन्न सत्रहरूमा छलफल गरिएको थियो । पर्वको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटाः पोखराका युगपुरुषहरूको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग छलफल गर्नुुभएको थियो । यस सत्रमा लोककवि अलिमियाँ, स्वर्गीय जगन्नाथ सिग्देल, स्वर्गीय टेकबहादुर ढेवाजुको योगदानको चर्चा गर्दै आगामी दिनमा… पुरा पढौ

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । “दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा… पुरा पढौ

साहित्यकार महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ माथि पोखरामा परिचर्चा

पोखरा, ७ चैत । लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा शनिबार पाेखरामा कथाकार महेश्वर पन्तद्वारा लिखित कथा सङ्ग्रह 'धर्तीमुनिका तारा' माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा समीक्षक रिता अधिकारी ऋतुले उक्त कृतिमाथि आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै यसलाई डायस्पोरिक आत्म-अन्वेषणको एउटा महत्त्वपूर्ण कडीका रूपमा चित्रण गर्नुभयो। डायस्पोरिक पीडा र पहिचानको खोजी समीक्षक ऋतुका अनुसार, 'धर्तीमुनिका तारा' मा पराई भूमिमा रहेका नेपालीहरूले भोग्नुपरेको पहिचानको संकट, सांस्कृतिक द्वन्द्व र आन्तरिक छटपटीलाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ। उहाँले भन्नुभयो, "यो सङ्ग्रहका पात्रहरू न पूर्ण… पुरा पढौ

कुमुदिनी होम्समा पुस्तक चर्चा कार्यक्रम सम्पन्न

पोखरा, ६ चैत। पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसन नेपालसँगको सहकार्यमा बिहीवार एक कार्यक्रमका बिच विद्यार्थीहरूले विभिन्न पुस्तकहरूमाथि परिचर्चा गरेका छन् । विद्यालय संस्थापक मिना पालिखेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आधारभूत तह अन्तर्गत कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूमध्ये जम्मा १७ जना विद्यार्थीहरूले आफूले पढेका विभिन्न विधाका पुस्तकहरूमा आफ्ना अभिभावकहरूको उपस्थितिमा आ-आफ्ना अवधारणा प्रस्तुत गरेका थिए। कार्यक्रमका बारेमा विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीले प्रकाश पार्नुभएको थियो ।… पुरा पढौ

‘पहिलो आमनिर्वाचन २०१५’-अभिलेखीकरण र वर्तमानका लागि दृष्टिविन्दु

काठमाडौं, २८ फागुन। “इतिहास केवल अतितको कथा होइन, वर्तमानलाई बुझ्ने मार्ग पनि हो ।’’, भारत स्वतन्त्र भएपछिका तत्कालीन प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भने झैँ इतिहासका घटनाहरुले वर्तमानलाई बुझाउन मद्दत गर्छ । इतिहासबाट पाठ सिकेर भविष्यको गोरेटो कोर्नुपर्छ पनि भनिन्छ तर इतिहासको विरासतले मात्रै वर्तमान र भविष्य चल्न सक्दैन पनि भनिन्छ । मुलुकमा प्रतिनिधिसभाको निर्वाचन (फागुन २१) कै बीच प्रकाशनमा आएको लेखक / पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ ले नेपालको निर्वाचन र लोकतान्त्रिक पद्धतिको इतिहासलाई पुनःस्मरण गराएको छ ।… पुरा पढौ

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

पाेखरा, ११ फागुन । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। सोमवार मञ्चको आयोजनामा माध्यमिक तह (९-१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक के. सी. निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम, कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय, कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी चौँथो भएका छन्… पुरा पढौ

प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न

पाेखरा, २ फागुन । प्रगति साहित्य उत्सव सम्पन्न भएको छ। पोखराको बाटुलेचौरमा रहेको प्रगति माध्यमिक विद्यालयले माघ २४ गतेबाट विद्यालय परिसरमा आयोजना गरेको साहित्य उत्सव शुक्रबार सम्पन्न भएको हो । साहित्य, संस्कृति र सिर्जनशीलताको विषयलाई विद्यार्थी र अभिभावकका बिचमा पुर्याउने उद्धेश्य अनुरुप सप्ताहव्यापी रुपमा कार्यक्रम गरिएको कवि एवं विद्यालयका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिए । सिनियर र जुनियर गरी दुई सेसनमा गरिएको कार्यक्रममा प्रारम्भिक वाल्यकाल विकास सेसनमा पिताम्वर न्यौपानेसँग अरुणा बरालले संवाद गरिन् । साहित्यकार अनुराधा शर्मासँगको विद्यार्थी अन्र्तक्रियामा यमुना… पुरा पढौ

कुमुदिनी होम्समा कथा वाचन प्रतियोगिता सम्पन्न

पोखरा, २९ माघ। पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीबार तहगत रुपमा कथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि जागोस् र विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्य राखेर नेपाली साहित्यको रसिलो विधा कथा वाचन प्रतियोगिता आयोजना गरिएको कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज दिपेन्द्र थापा मगरले बताउनुभयो। आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा कक्षा ७ (क) की आयुषा गुरुङ प्रथम, कक्षा ८ (क) को एशव परियार र… पुरा पढौ

देउडा सम्राट जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार अर्पण

काठमाडौं, २४ माघ । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार नेपाली लोक संस्कृति एवं नेपालको सुदूरप्रश्चिमका प्रख्यात देउडा गीतका सम्राट नन्दकृष्ण जोशीलाई अर्पण गरेको छ । प्रतिष्ठानको ३४ औँ स्मृति दिवसको अवसरमा एक भव्य समारोहमा साे पुरस्कार जोशीलाई अर्पण गरिएको हो । समारोह प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा भएको थियो । सभापति तथा प्रमुख अतिथिलगायत मञ्चासीन अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक तथा कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक साहित्यकार तथा संगीतकार महेश्वर… पुरा पढौ

पुस्तक चर्चा : एक फिरन्तेको जीवन कथा

काठमाडौं, २४ माघ । पछिल्लो समय आत्मकथा लेख्ने लेखाउने क्रम बढ्दै जाँदा अधिकांशले आफ्नो वास्तविक पक्षभन्दा बनावटी प्रसङ्गलाई बढी प्राथमिकता दिएर लेखिएका पुस्तकहरू बजारमा धेरै पाइन्छ । यसमा अपवादको रूपमा रहेको कृति हो ‘एक फिरन्तेको चट्याङे जीवन’ । श्याममोहन श्रेष्ठको आत्मकथा ‘एक फिरन्तेको चट्याङे जीवन’ नेपाली आत्मकथात्मक साहित्यमा फरक स्वाद र धार बोकेको कृति हो । यो पुस्तक केबल लेखकको व्यक्तिगत जीवनकथा मात्र नभई नेपाली समाज, राजनीति, पत्रकारिता र बौद्धिक यात्राको जीवन्त अभिलेख हो । आत्मकथा लेख्नु आफैँमा ज्यादै खतरनाक… पुरा पढौ