साहित्य

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौं, २४ असार। वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण प्रकाशित भएको छ । शिखा बुक्स प्रालिले प्रकाशनमा ल्याएकोे सो पुस्तकको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ, साहित्यकार जयदेव भट्टराई, मेनका चापागाईँलगायतले मंगलबार सार्वजनिक गर्नुभयो । सो अवसरमा शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले ‘बखान’ उपन्यास आम पाठकमाझ सर्वाधिक रुचाइएको कृतिमध्ये एक भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “‘बखान’ उपन्यासको माग उच्च रहेको छ । स्वदेश तथा विदेशमा रहेका नेपाली भाषीको रोजाइमा कृति रहेको छ… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी

गण्डकी, २४ असार। विक्रम संवत् २०८२ वैशाखदेखि रिक्त रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा प्रा डा कुसुमाकर न्यौपाने नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार उहाँलाई चार वर्षका लागि उक्त पदमा नियुक्त गर्नुभएको हो । पर्वतमा जन्मनुभएका प्रा डा न्यौपाने लोकसाहित्यका ज्ञाता मानिनुहुन्छ । उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसको नेपाली विभागको विभागीय प्रमुखबाट हालै सेवानिवृत्त हुनुभएको थियो । प्रतिष्ठानको उपकुलपतिमा स्याङ्जाका शङ्कर विरही गुरुङ र सदस्यसचिवमा तनहुँका मनकुमार श्रेष्ठलाई नियुक्त गरिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद… पुरा पढौ

लेखक ‘उदय’का पुस्तक ‘जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण’ पोखरामा लोकार्पण

पोखरा, ११ असार । लेखक कृष्ण क्षेत्री उदयका दुई पुस्तक जीवन सुदर्शन र जिन्दगीका अदृश्य किरण बिहिबार पोखरामा लोकार्पण गरिएको छ । धार्मिक, आध्यात्मिक र दार्शनिक तथा समाज, सम्बन्ध, उत्तरदायित्व, समालोचना र प्रेरणालाई केन्द्रमा राखेर लेखिएको पुस्तकको एक समारोहबीच पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा बहादुर शाह 'बाबा'ले लोकार्पण गर्नुभएको हो । पुस्तक लोकार्पणको विशेष विशेषता रहेको थियो । लेखक उदयका बुबा सुबेदार देवीलाल क्षेत्रीको ८४औं जन्मोत्सवको तिथिको अवसरमा माता शुभकुमारी क्षेत्रीको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको हो । सो अवसरमा प्रमुख… पुरा पढौ

पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्वारा गौतम, श्रेष्ठ र खनाल सम्मानित

वालिङ (स्याङ्जा), ३० जेठ। स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र सङ्गीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्‍याउनुभएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो । सम्मानित स्रष्टाहरूलाई जनही रु २० हजारसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति, सङ्गीतमध्ये जुनसुकै विद्यामा कलम चलाउने वा कृति प्रकाशन गर्ने स्रष्टालाई सम्मान गर्दै आइएको प्रतिष्ठानका कुलपति… पुरा पढौ

विन्ध्यवासिनीमा ‘बसाइँ’ उपन्यासमा विमर्श

पाेखरा, २३ जेठ । प्रशिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको चर्चित ‘बसाइँ’ उपन्यास माथि पोखरामा विद्यार्थीले नै विमर्श गरेका छन् । बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले आयोजना गरेको जिल्ला स्तरीय समीक्षा कार्यक्रममा सहभागि विद्यार्थीले उपन्यासका बिभिन्न पक्षको चर्चा गर्दै, ‘बसाइँ’ उपन्यासले तत्कालिन नेपाली समाजको यथार्थलाई उतारेका बताए । प्रतियोगितात्मक रुपमा आयोजित कार्यक्रममा विद्यार्थीले गरेको समीक्षालाई पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.श्रीधर न्यौपाने र सुरज पौडेलले मुल्यांकन गरेका थिए । प्रतियोगितामा विन्ध्यवासिनी माविका सुस्मिता आचार्य प्रथम, ईन्द्रराज्यलक्ष्मी माविका सगुन पौडेल द्वितीय र कालिका माविका सृष्टि लम्साल तृतीय… पुरा पढौ

‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण हुँदै

काठमाडौं, १२ जेठ । चौथो संस्करणको ‘काठमाडौँ कलिङ साहित्य महोत्सव’ यही जेठ २३ र २४ आयोजना हुने भएको छ । ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ विषय रहेको दुईदिने महोत्सवमा दक्षिण एसियाका दर्जनौँ चर्चित लेखक, कलाकार, चलचित्रकर्मी, सङ्गीतकार, कूटनीतिज्ञ तथा बुद्धिजीवीको सहभागिता रहने महोत्सवकी निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महोत्सवमा पहिचान, बसाइँसराइ, समावेशिता, अध्यात्म, वातावरण र सामाजिक सहभागिताजस्ता विश्वव्यापी विषयमा दक्षिण एसियाली साहित्य र सांस्कृतिक परम्पराको बढ्दो महत्वलाई झल्काईने छ । महोत्सवमा दक्षिण एसियाली साहित्य, कला… पुरा पढौ

साहित्यकार प्रकाश सापकोटाको नयाँ उपन्यास ‘विरक्त बाटो’ बजारमा

युरोप। साहित्यकार प्रकाश सापकोटाको नयाँ उपन्यास 'विरक्त बाटो' बजारमा आएको छ। विदेश जानको लागि संघर्षरत एक नेपाली नारीको घरदेशदेखि परदेशसम्मको प्रेम र उतारचढावलाई कौतुहलमय रूपमा देखाइएको प्रेम कथामा आधारित उपन्यासमा परदेशमा गलत संगत र आचरण भएको युवकसँगको प्रेमले जीवन तहसनहस भएको विषयलाई समेटेर आकर्षक ढङ्गले प्रस्तुत गरिएको बताइएको छ । चर्चित साहित्यकार एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष गोवर्द्धन पूजाका अनुसार नेपालदेखि युरोप महादेशीय भूभागलाई छोएको भए पनि घर छोड्ने आम नेपाली युवाको ब्यथा सो उपन्यासले बोकेको छ ।… पुरा पढौ

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

अमेरिका, ६ जेठ । अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । सम्मेलनमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारको सहभागिता रहने जनाइएको छ । साथै, कोलोराडो राज्यमा रहेका ५० भन्दा बढी स्रष्टा तथा साहित्यप्रेमीहरूको पनि सम्मेलनमा उपस्थिति रहने अनेसासले जनाएको छ । अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।… पुरा पढौ

कन्या क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा, २ जेठ । कन्या क्याम्पस पोखरामा क्याम्पसका छात्राहरुका बिच बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।क्याम्पस सञ्चालक समितिको अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा वडा नं. ३ का वडाध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्यता रहेको थियो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा “संस्कृति संरक्षणमा युवाको भूमिका” बिषयमा छात्राहरुबीच आयोजित उक्त प्रतियोगितामा १५ जना छात्राहरु सहभागी भएका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा चन्द्रावती वाग्लेको टोली रहेको थियो । डा. भूमिराज बस्ताकोटी र लक्ष्मी सापकोटा सदस्य रहेका थिए । उक्त प्रतियोगितामा… पुरा पढौ

तेस्रो प्रदेश भाषा दिवस मनाउन सुरु

काठमाडौं, २४ वैशाख। वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । वाग्मती प्रदेश सरकारले विसं २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो । उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे । ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८०… पुरा पढौ