साहित्य

‘क्यान्सरबाट हरेक वर्ष दश लाख ज्यान जान्छ’

काठमाडौं, २१ मघ। आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस चेतनामूलक कार्यक्रमका साथ मनाउन प्रारम्भ भएको हो । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख… पुरा पढौ

सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’

काठमाडौं, २० माघ । नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही रु २५÷२५ हजार रहेका छन् । मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार घोषणा भएको हो । ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद… पुरा पढौ

उच्च पहाडी र हिमाली भेगमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, ११ माघ । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति… पुरा पढौ

आदिकविको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाइँदै

दमौली (तनहुँ), २३ पुस । भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण गरिने सो गुरुयोजनालाई मङ्गलबार बसेको भानु नगरपालिकाको कार्यपालिका बैठकले स्वीकृत गरेको हो । स्वीकृत गुरुयोजनाअनुसार उद्यानको पुनर्निर्माणका लागि करिब रु एक अर्ब बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको छ । उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्र सडक निर्माण गरिनेछ भने ५४… पुरा पढौ

प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न

पोखरा, १९ पुस । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य… पुरा पढौ

‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने

काठमाडौं, १३ पुस। ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक सङ्ग्रह) ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) ‘आधि’ (उपन्यास) का साथै गीति क्यासेटहरू ‘अभिप्सा’, ‘सञ्चयन’ र ‘मेरो… पुरा पढौ

जगदीश घिमिरे स्मृति पुरस्कार चौलागाईं र आलोकलाई

काठमाडौँ, ३ पुस । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ को जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ । विसं २०८१ को पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभयो । रु ५१ हजार नगद राशि भएको उक्त पुरस्कार आगामी माघ महिनामा अर्पण गरिने उहाँले बताउनुभयो । पुरा पढौ

शिवम् सिमेन्ट्सको नाफामा ५३८.१६ प्रतिशतले बृद्धि

काठमाडौं, ३० कात्तिक । शिवम् सिमेन्ट्स लिमिटेडकाे नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५३८.१६ प्रतिशतले बढेको हाे। कम्पनीले गत वर्ष असोज मसान्तसम्म १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे । चालु आर्थिक वर्षको सोही अवधिसम्म २० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशतले बढेको छ । कुल नाफा २१५.०७ प्रतिशतले बढेको छ। अन्य आम्दानी १.९७ प्रतिशतले घटेको… पुरा पढौ

निबन्ध लेखनमा बिशेषता तिवारी प्रथम

पोखरा, २९ कार्तिक । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको निबन्ध लेखन प्रतियोगितामा मदरल्याण्ड मा.विमा अध्ययन गर्ने बिशेषता तिवारी प्रथम भएकी छन् । “जीवनमा नैतिक शिक्षाको आवश्यकता” भन्ने शिर्षककमा भएको प्रतियोगितामा प्रथम भएकी हुन् । तिवारीले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरिन् । “उच्च शिक्षा हाम्रो लक्ष्य”भन्ने उद्धेश्यले २०५८ सालमा स्थापना भएको संस्थाले आफ्नो २५ औँ रजत जयन्ती मनाउने क्रममा शनिवार अन्तरबिद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक लोक बहादुर गुरुङले बताए । पोखरा ३ नदिपुरमा रहेको… पुरा पढौ

लोक साहित्य परिषदद्वारा अमात्य र बज्राचार्य पोखरामा सम्मानित

पोखरा, २९ कात्तिक । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्थापना गरेको लोक साहित्य परिषद ललितपुरले भाषा, कला, साहित्य र संस्कृतिमा पत्रकारीताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै पोखराका अग्रज पत्रकार उदय बहादुर अमात्यलाई सम्मान गरेको छ । परिषदको टोली पोखरा आएर शनिबार नेवाल खलः कास्कीमा आयोजना गरिएको सम्मान तथा साहित्य सम्मेलनमा प्रमुख अतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले अमात्यलाई सम्मानपत्र दोसल्लाले सम्मान गरेका हुन् । सोहि कार्यक्रममा संस्कृतिविद् डा.चुन्द्रा बज्राचार्यलाई भाषा, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको गर्दै पालिखेले… पुरा पढौ