साहित्य

साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

काठमाडौं, २८ भदौ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौंको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गरे। प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताए । उनले भने–“उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ÷ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा… पुरा पढौ

विपी साहित्य महोत्सव आजदेखि

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । महामानव विपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही… पुरा पढौ

डा बिमललाई विपी साहित्य तथा न्यौपानेलाई विपी प्रजातन्त्र सेनानी सम्मान

काठमाडौं, २२ भदौ । विपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमल सम्मानित हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा डा बिमललाई सम्मानपत्रसहित पुरस्कृत गर्नुभएको हो । जननायक विपी कोइराला स्मृति ट्रस्टले बर्सेनि उक्त पुरस्कार प्रदान गर्दैआएको छ । पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ । यस्तै ट्रस्टले प्रदान गर्ने विपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत हुनुभयो । सो… पुरा पढौ

जुम्लाका किसान स्याउ टिप्न व्यस्त

जुम्ला, १५ भदौ । जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिइन । “पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ”, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, “स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ।” उनका अनुसार अहिले किसानको बगैँचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरिद गर्ने गरिएको छ । करिब ७० क्विन्टल स्याउ… पुरा पढौ

त्रिदिवसीय ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ सुरू

ललितपुर, १५ भदौ । यशस्वी प्रज्ञा–प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरस्थित हिमालय होटलमा सुरु भएको छ । भदौ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले यस कार्यक्रमले साउथ एसियामा संस्कृति आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले भने, “यो महोत्सव नेपाललाई केन्द्र बनाएर काठमाडौँमा आयोजना हुनु हाम्रा लागि सुखद पक्ष हो, काठमाडौँसँग बनारसको संस्कृति, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरुक्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौँ भने हामी अधुरो हुन्छौँ, किनकि हामी… पुरा पढौ

डा साहको ‘गर्भको गर्व’ को लोकार्पण

काठमाडौं, ११ भदौ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा बालकृष्ण साहद्वारा लिखित गैरआख्यान कृति ‘गर्भको गर्व’ को लोकार्पण भएको छ । आज काठमाडौँस्थित नेपाल चिकित्सक सङ्घको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार बस्नेत, लेखक डा साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्की, महासचिव डा सजीव तिवारी, पूर्वअध्यक्ष डा लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्तरूपमा उक्त पुस्तकको लोकार्पण गरे। कथामा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन्… पुरा पढौ

ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण, असल कृति आयाे : सरुभक्त

पोखरा, ९ भदौ । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह 'सम्बोधिका'को आज पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्व कुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती प्रतिक्षा र श्रष्टा अधिकारीलगायतको साथमा लोकार्पण गरेका हुन्। उक्त अवसरमा साहित्यकार सरुभक्तले साहित्यिक कृतिहरु समाजका ऐना तथा सामाजिक चेतनाका उपज भएको बताए । साहत्यकार ईश्वरमणिको यो चौथो कृति हो मुक्त संग्रह । यसअघि समयको तस्बिर नामक कविता संग्रह, हृदयको आलाप गजल… पुरा पढौ

लेखक रवीन्द्र माकाजूको ‘सफलताका कथाहरू’ लोकार्पण

गण्डकी, २ भदौ । साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५औँ कृति सफलताका कथाहरू एक समारोहका बीच आज पोखरामा लोकार्पण गरिएको छ । कृतिको वरिष्ठ साहित्यकार सरुभक्तले लोकार्पण गर्नुभएको हो । कृतिमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ३१ जना स्रष्टाका सफलताका कथालाई समावेश गरिएको छ । कृतिको लोकार्पण गर्दै साहित्यकार सरुभक्तले जीवनी लेखनमा सत्य र तथ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुुभयो । कृति लेखन, प्रकाशन, लोकार्पणलगायतका सन्दर्भ परिवेश र स्थान चयनले पनि जीवनमा सकारात्मक तथा नकरात्मक ऊर्जाका लागि प्रेरित गर्ने भएकाले त्यसमा… पुरा पढौ

तीन श्रेष्ठ स्रष्टाका तीन कृति विमोचन

काठमाडौं, २ भदौ । साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ । साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरे। कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगत्मा नयाँ आयम थपिएको बताए। उनले कथासङ्ग्रह, कवितासङ्ग्रह र जीवनसङ्ग्रह पठनीय रहेको उल्लेख गरे। “कथाकारको विशेषता भनेको सानो कुरालाई बढाएर लेख्ने हो,” उनले… पुरा पढौ

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका

पाेखरा, ३० साउन । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका… पुरा पढौ