मुख्य समाचार

बाजुरामा भारी वर्षा, उच्च लेकाली भेगमा हिमपात

बाजुरा, ६ चैत। लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ । मौसममा आएको परिवर्तनपछि बिहानैदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ । वर्षासँगै यहाँका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । हिमपात भएपछि बडिमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र बस्तीमा हिमपात भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिनुभयो ।… पुरा पढौ

ग्यास अभावको असरः भारतमा रहेका नेपाली मजदुर फर्किंँदै

सुदूरपश्चिम, ६ चैत। भारतका विभिन्न सहरमा होटल तथा व्यवसायमा मजदुरी गर्ने कतिपय नेपाली खाना पकाउने ग्यासको अभाव भएपछि स्वदेश फर्किन थालेका छन् । विशेषगरी होटलमा काम गर्नेहरू ग्यासको अभावमा व्यवसाय बन्द हुने अवस्था देखिएपछि स्वदेश फर्किन थालेका हुन् । कैलालीको नेपाल-भारत सीमानाका त्रिनगरमा भेटिनुभएका डोटीका रोशन खड्काले ग्यास अभावले आफू कार्यरत होटल बन्द हुने अवस्थामा पुगेपछि स्वदेश फर्किएको बताउनुभयो । “खाने र बस्ने सुविधा होटलमा थियो”, भारतको मुम्बइबाट स्वदेश फर्किर्दै गर्नुभएका उहाँले भन्नुभयो, “ग्यास अभावले होटल बन्द गर्ने तयारी भयो,… पुरा पढौ

पश्चिम एसिया-ट्रान्जिटमा फसेका नेपाली लागे गन्तव्यतर्फ

काठमाडौं, ६ चैत। पश्चिम एशिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा फसेका नेपाली नागरिक अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन् । सुरुमा दोहा, दुवई जेद्दा र कुवेत सिटीमा बढी समस्या देखिएकामा हाल दोहा र दुबईमा सीमित मात्रामै भए पनि हवाई सम्पर्क सुरु भएकाले ती दुई ठाउँमा रहेका ट्रान्जिटमा रहेका सबै नेपालीहरू गन्तव्यतर्फ लाग्नुभएको हो । जेद्दामा समस्यामा परेका ५२ जना हजयात्रीहरू यही चैत ५ गते फर्किसक्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै कुवेत सिटीमा समस्यामा परेका… पुरा पढौ

वर्षा मकवानपुरमा सबैभन्दा बढी, वर्षा उत्तरपूर्वतिर सर्दै

काठमाडौं, ६ चैत। जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो । विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ । उहाँले मकवानपुर गढीमा ४४ दशमलवव दुई२ मिलीमिटर वर्षा भएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलीमिटर… पुरा पढौ

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती, ६ चैत। बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुनसम्ममा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने तोकिएको लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात् रु १३ अर्ब ९३ करोड… पुरा पढौ

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं, ६ चैत। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ । समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आधार मानेर आयोगले ऋण परिचालनमा अनुशासन कायम गर्न जोड दिँदै तीनै तहका सरकारलाई औपचारिक सिफारिस गरिएको जनाएको छ । आयोगले गत फागुन २७ गते सरकारलाई गरेको सिफारिसअनुसार सङ्घीय सरकारले आगामी आवमा कुल गार्हस्थ उत्पादनको अधिकतम पाँच दशमलव पाँच प्रतिशतसम्म मात्रै… पुरा पढौ

झापामा ८ महिनामा ७१७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर (झापा), ६ चैत। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् । सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई… पुरा पढौ

चैत २२ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्दै बुद्धभुमी नेपाल हाइड्रोपावर

काठमाडौं, ६ चैत । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले १ कित्ता शेयर बराबर नयाँ १ कित्ताकाे रेसियाेमा ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकाे हाे। शेयर निष्काशनकाे प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरिसकेकाे छ । माघ २९ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले हकप्रद… पुरा पढौ

आज विश्व हिमनदी दिवस मनाइदै

काठमाडौं, ६ चैत । आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत… पुरा पढौ

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी (नवलपरासी), ६ चैत । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ । गण्डकी प्रदेशकै एकमात्र साझेदारी वनका रूपमा परिचित उक्त वन कावासोती नगरपालिका–१४ मा अवस्थित रहेको छ । वन क्षेत्रमा उपयोगविहीन रूपमा खेर गइरहेका झाडी तथा पातपतिङ्गरलाई व्यवस्थापन गर्दै त्यसबाट जैविक मल उत्पादन थालिएको हो । वनमा रहेका झाडी, पातपतिङ्गर तथा अन्य जैविक पदार्थ सङ्कलन गरी त्यसको प्रयोगबाट मल उत्पादन गरिएको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष भगवान खनालले जानकारी दिनुभयो… पुरा पढौ