मुख्य समाचार

उपकरण प्रयोग गरेर जुट तयारी गर्न थालियो

इटहरी (सुनसरी), ४ फागुन । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो । जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई… पुरा पढौ

‘संसार आफ्नै’ एउटा उद्यमीले बाँचेको समय पुस्तक बजारमा

गण्डकी, ४ फागुन। उद्योगपति एवम् लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्ना जीवनका भोगाई र अनुुभव समेटिएको ‘संसार आफ्नै’ एउटा उद्यमीले बाँचेको समय पुस्तक बजारमा आएको छ । कर्माचार्यले शिक्षकका रुपमा प्राप्त ज्ञान, आफ्नो व्यावसायिक अनुुभवसँगै पोखराको व्यावसायिक परिवर्तन लगायतका विविध विषयलाई पुस्तकमा समेट्नुभएको छ । कोसेली प्रकाशन पोखराद्वारा प्रकाशित पुस्तकमा कर्माचार्यले आँफू र आफ्नो परिवारको मात्र नभएर समस्त कर्माचार्य बन्धुहरूको बसोबास नेपालका कुनकुन जिल्लामा छ, त्यसबारे पनि जानकारी दिने प्रयास गर्नुभएको छ । हिजो र आज कर्माचार्य… पुरा पढौ

मुग्लिन-मलेखु सडकः कालोपत्र तीव्र

चितवन, ४ फागुन। पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरण बनाएर… पुरा पढौ

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार सुरु

काठमाडौं, ४ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन… पुरा पढौ

घरजग्गा कारोबारबाट माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौं, ४ फागुन। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत… पुरा पढौ

दोब्बर बढी मूल्यमा सुन्तला बेचेर रु. २० लाख आम्दानी

म्याग्दी, ४ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु. २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु. दुई सयका दरले काठमाडौबाट आएका ब्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुष महिनामा प्रतिकिलो रु. ७० का दरले सुन्तला बिक्री… पुरा पढौ

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढ्यो

काठमाडौं, ३ फागुन । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढेको जनाएकाे छ। निगमले पेट्रोलमा १ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले बढेको जनाएकाे हाे । मूल्य ब९ेपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लीटरकाे १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ रहेकाे छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लीटरकाे १५३ रुपैयाँ ५० रुपैयाँ रहेकाे छ। पुरा पढौ

यस्ताे छ उज्यालो नेपाल पार्टीकाे निर्वाचन प्रतिबद्धतापत्र

काठमाडौं, ३ फागुन। उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरेको जानकारी दिनुभयो । सुशासन र संरचनात्मक सुधारमा… पुरा पढौ

बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च नगर्न नगराउन आयोगको निर्देशन

काठमाडौं, ३ फागुन। निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी राजनीतिक दलहरुलाई फेरि निर्देशन दिएको छ । निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न गराउन नहुने भनी आयोगले यसअघि पनि निर्देशन दिँदै आएको छ । रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट सहयोग लिने र खर्च गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख… पुरा पढौ

एक करोड ९१ लाख मतपत्र छापियाे, करिब १२ लाख बाँकी

काठमाडौं, ३ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । बाँकी १० जिल्लाको पनि मतपत्र छपाइ भएको छ भने प्याकिङ बाँकी रहेको उहाँले बताउनुभयो । अब ११ लाख ९९ हजार मतपत्रमात्र छाप्न बाँकी… पुरा पढौ