मुख्य समाचार

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

काठमाडौं, १९ माघ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन् । प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ । यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति रु ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो । यस्तो सञ्चिति १८.१ महिनाको वस्तु तथा… पुरा पढौ

भारतको बजेटबाट नेपालले पर्यटन र व्यापारलगायतमा लाभ लिनसक्छः अध्यक्ष केसी

काठमाडौं, १९ माघ। नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले भारत सरकारले आर्थिक वर्ष २०२६÷२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राख्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष केसीले भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले नेपालका निर्यात उद्योग थप स्थिर र विस्तार हुने बताउनुभयो । उहाँलेब बजेटका कारण नेपालमा उत्पादन, रोजगारी र निर्यात आम्दानीमा सकारात्मक प्रभाव पर्ने… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको सुधार, ८ अर्ब २२ करोडकाे काराेबार

काठमाडौं, १९ माघ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ७३ बिन्दुमा कायम भएको छ । आज विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता शेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ बराबरको कारोबार भएको छ । विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक… पुरा पढौ

प्रभाव र दबाबमा नपरी कानुन अनुसार जिम्मेवारी निर्वाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १९ माघ। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानुनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिनुभयो । “आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ । चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन”, प्रधानमन्त्री कार्कीले भन्नुभयो… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह

काठमाडौं, १९ माघ। स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न अस्पतालमा भुक्तानीको समस्याले बीमा कार्यक्रम बन्द हुँदा यसबाट सेवा लिने बिरामी मार परेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यप्रति नागरिकको भरोसा कायम गर्न तत्काल आवश्यक सुधार गरेर अस्पतालाई रकम भुक्तानी सुचारु गर्न अनुरोध गर्दछु ।” सांसद श्रीकृष्णप्रसाद अधिकारीले केही दिनयता काठमाडौँलगायत उपत्यकाबाहिर शृङ्खलाबद्ध रूपमा… पुरा पढौ

लाभांश पारित गर्न एशियन लाईफले डाक्याे एजिएम

काठमाडौं, १९ माघ । एशियन लाईफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट घोषणा गरिएकाे प्रस्ताि पारित गर्न साधारण सभा बोलाएको हाे । कम्पनीकाे १८ औं साधारण सभा फागुन ११ गते होटल क्लासिक, सिमरा बारामा बाेलाइएकाे छ । सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव अनुमाेदन… पुरा पढौ

‘मतदाता कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्नुपर्ने’

मुस्ताङ, १९ माघ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका स्थानीय तह निर्वाचन र सङ्घीय तथा प्रादेशिक निर्वाचन वैशाख/जेठ र कात्तिक÷मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष जेनजी आन्दोलनपछिको विशेष परिस्थितमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको घोषणा भएको हो । जिल्लामा हिउँदयामको जाडो कटाउन यहाँका अधिकांश नागरिक कात्तिक / मङ्सिर महिनामा बेसी झरेर चैत/वैशाख महिनामा गर्मी सुरु भएपछि… पुरा पढौ

स्नो रिभर्स लिमिटेडले पायाे आईपीओ निष्काशनकाे अनुमति

काठमाडौं, १९ माघ। स्नो रिभर्स लिमिटेडले सेबाेनबाट आईपीओ निष्काशन गर्ने अनुमति पाएकाे छ । बोर्डले आइतबार कम्पनीलाई सार्वजनिक शेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिएको हो। रिभर्स लिमिटेडले १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणका लागि ल्याउनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्नेछ। अनुमति पाएपछि कम्पनीले शेयर निष्काशनको तयारी सुरु गरेकाे छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर खुलमउनेछ । पहिलाे चरणमा… पुरा पढौ

नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

नवलपुर (नवलपरासी), १९ माघ. नारायणी नदीमा जल पर्यटनको प्रवद्र्धन र यहाँको धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ क्रुजको विधिवत्रुपमा उद्घाटन भएपछि ‘राइनो क्रुज’ले नियमित सेवा सञ्चालन गरेको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याइएको हो । क्रुजको औपचारिक उद्घाटनका क्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले राइनो क्रुज गैँडाकोटको नमूना गहना भएको उल्लेख गर्दै यसको सञ्चालनमा… पुरा पढौ

राष्ट्रपति पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान

काठमाडौं, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाई गर्नुभयो । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न हुनुहुन्छ । राष्ट्रपति पौडेल यही माघ २१ स्वदेश फर्कने तालिका छ । नेपाल र जापानबीचको… पुरा पढौ