मुख्य समाचार

नेपाल ल्यूब आयलको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं १० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्यूब आयलको शेयरमूल्य समायोजन गरिएकाे छ। नेप्सेले बिहीबार भएकाे अन्तिम काराेबार मूल्यकाे आधारमा शेयरमूल्य समायोजन गरेको जनाएकाे छ । हिाजाे कम्पनीको शेयर प्रतिकित्ता २९३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असोज १२ गतेदेखि बुकक्लोज गरिदैछ। असोज ९ गते बुकक्लोज गरिएकाे मितिकाे अन्तिम कारोबार भएकाे दिन हो। शेयरधनीहरुले उक्त दिनसम्म शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु… पुरा पढौ

वीरगञ्ज नाका-दुई महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज (पर्सा), १० असोज। चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु छ अर्ब पाँच करोड मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६३ पैसा… पुरा पढौ

देशका अधिकांश भागको मौसम सफा

काठमाडौं, १० असोज। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत… पुरा पढौ

कार्यदलद्वारा स्टक एक्सचेञ्जकाे पुनःसंरचना गर्न सुझाव

काठमाडौं, ९ असोज। पुँजी बजार सुधार सुझाव कार्यदलले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनःसंरचनाका लागि प्रारम्भिक सार्वजनिक निष्काशन प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने प्रक्रिया सुरूआत गर्न सुझाव दिएको छ । सो कार्यदलले पुँजी बजारमा आमलगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै व्यक्तिको कर निर्धारणका क्रममा आय वर्षभित्र सामूहिक लगानी योजनामा लगानी गरेको निश्चित रकम कट्टी गर्न पाउने गरी आयकर ऐनमा व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सरकार (अर्थमन्त्रीस्तर)ले यही असोज ३ गते गठन गरेको सो… पुरा पढौ

नेपाल र श्रीलङ्काको चेम्बरबीच सहकार्यको सम्झौता

काठमाडौं, ९ असोज । नेपाल चेम्बर अफ कमर्स र श्रीलङ्काको नेशनल चेम्बर अफ एक्स्पोर्टस्बीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीबीच प्रत्यक्ष सहकार्य गर्ने सम्झौता भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका यी संस्थाबीच सम्झौता भएको हो । सम्झौताले दुवै मुलुकका व्यवसायीलाई परस्पर भेटघाट, व्यापार मेला तथा व्यवसायिक मञ्चमा सहभागिताका लागि सहज वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले श्रीलङ्काको आर्थिक पुनर्उत्थानको… पुरा पढौ

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता हुनु पर्यो : महासंघ

काठमाडौं , ९ असोज । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हासंग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो । युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसंगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासंघले आमसर्वसाधारण तथा उद्योगी… पुरा पढौ

डा भट्टराईले अध्यक्ष त्याग्दै भने, ‘अब नेतृत्व नयाँ पुस्ताकाे’

काठमाडौं, ९ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गरे। डा भट्टराईले भने, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण… पुरा पढौ

२१औँ शताब्दीमा शिक्षा : कक्षा र पुस्तकभन्दा पर

काठमाडौं, ९ असाेज । आजको संसारमा, जहाँ कृत्रिम बुद्धिमत्ता (एआई) र नयाँ प्रविधिहरूले हाम्रो जीवनलाई तीव्र गतिमा बदलिरहेका छन्, शिक्षा केवल कक्षाकोठा, किताब र परीक्षाको कुरा होइन। यो त एउटा चम्किलो हीराको जस्तो हो, जसका हरेक चम्किला पक्षले सिकाइलाई रोमाञ्चक, सशक्त र जीवन बदल्ने बनाउँछ। कल्पना गर्नुहोस्, तपाईं एउटा यस्तो संसारमा हुनुहुन्छ जहाँ रोबोटहरूले समाचार लेख्छन्, जलवायु परिवर्तनले नयाँ चुनौतीहरू ल्याइरहेको छ, र सामाजिक असमानताले हामीलाई सोच्न बाध्य बनाइरहेको छ। यस्तो बेलामा, शिक्षा हाम्रो लागि आशाको उज्यालो बन्छ। तर यदि… पुरा पढौ

घटस्थापनापछि १ लाख ३८ हजार यात्रुले काठमाडौं छाडे

काठमाडौं, ९ असोज। घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार दुई सय ९६ यात्रुले काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौं छाडेका हुन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौं उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दसैँ मनाउन घर जान थालेको जानकारी दिए। उनका अनुसार उक्त तथ्याङ्क… पुरा पढौ