मुख्य समाचार

नेप्सेद्वारा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन

काठमाडौं, १६ असार । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा शेयरमूल्य समायोजन गरेर मूल्य ताेकिएकाे छ । नेप्सेका अनुसार इन्स्योरेन्सकाे १० प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजनपछि शेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा भएको छ। याे भाउ अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरिएकाे हो। आइतबार दोस्रो बजारमा ९०८ रुपैयाँ ३६ पैसा रहेकाे थियाे । अब समायाेजन गरिएकाे साेहि भाउकाे आधारमा दोस्रो बजारमा… पुरा पढौ

दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख

काठमाडौं, १६ असार । सभामुख देवराज घिमिरेले संसद्मा सहभागी दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् । संसद् दिवस, २०८२ को अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, सङ्घीय संसदका वर्तमान तथा पूर्व सदस्यहरू, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले संसदलाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे। संसद… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा… पुरा पढौ

समावेशीता, आवश्यकता र समानुपातिक आधारमा विश्वमा लगानी हुनुपर्छ-प्रधानमन्त्री ओली

सेभिया (स्पेन) १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिए। उनले विकास सहयोग, ऋण दिगोपना र अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताए । “तपाईंहरु यस सम्मेलनका सहभागी मात्रै… पुरा पढौ

ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक

काठमाडौं, १५ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी… पुरा पढौ

वित्तीय अनुशासन कायम गर्न बेरुजु घटाउनु पर्छ-सभामुख

काठमाडौं, १५ असार । संवैधानिक निकाय, तीन तहका सरकार तथा सार्वजनिक संस्थानहरुले नियमित लेखापरीक्षण गर्ने तथा देखिएको बेरुजु घटाएर वित्तीय अनुशासन कायम गर्नुपर्नेमा जोड दिइएको छ । वित्तीय अनुशासनलाई कायम गर्न बेरुजु फछ्र्यौटलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो । महालेखापरीक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव अवसरमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले सरकारी निकायमा मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका लागि महालेखापरीक्षकको कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले लेखापरीक्षणमार्फत् सार्वजनिक स्रोत–साधनको सदुपयोग र वित्तीय अनुशासन कायम गर्न थप गम्भीर हुन बताए।… पुरा पढौ

नेप्सेमा २६.५३ अङ्ककाे बृद्धि, रु ७ अर्ब १२ करोडकाे काराेबार

काठमाडौं, १५ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५३ अङ्कले बढेर दुई हजार छ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५६… पुरा पढौ

दाउन्नेमा बस र साना सवारी संचालन  

पूर्वी नवलपरासी, १५ असार । वर्षादले अबरुद्ध रहेको दाउन्ने सडक खण्डमा बस र साना सवारी साधन संचालन हुन थालेका छन् । आइतबार बिहानको वर्षापछि दाउन्नेमा गाडी फसेर दिउसो १२ बजेवाट यातायात ठप्प थियो । वर्षाद रोकिएपछि अहिले साना गाडि र यात्रुबाहक बस चल्न थालेक छन् । त्यहाँ फसेका गाडि निकालेर मालबहाक ट्रक र लरी आउजाउ गर्न नदिएपछि साना गाडि संचालन भएका हुन्। पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका सबै मालबहाक गाडि दुम्कीवास र बर्दघाटमा रोकिदिएपछि… पुरा पढौ

बाढी आएपछि बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी), १५ असार । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्गमा पर्ने खोलामा बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा मालबाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुबाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए। “अहिले यस सडक खण्डको डाइभर्सन र वैकल्पिक मार्ग होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा सवारी… पुरा पढौ

माबिलुङ इनर्जीले असार २२ गतेदेखि आइपीओ बिक्री गर्दै

काठमाडौं, १५ असार । माबिलुङ इनर्जीले असार २२ गतेदेखि आइपीओ बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुलाउने भएकाे हाे । कम्पनीका अनुसार जारी पुँजी रुपैयाँ ३८ करोड ५८ लाख २४ हजार काे ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३० रुपैयाँ बराबरको आइपीओ बिक्रीकाे अनुमति लिइएकाे हाे ।  रुपैयाँ १ सय अंकित दरमा ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजनाबाट प्रभावित संखुवासभाकाे मादि नगरपालिका वडा नं. ७, ८,… पुरा पढौ