मुख्य समाचार

नेप्सेमा ३२.९३ अङ्ककाे गिरावट, ९ अर्बकाे काराेबार

काठमाडौं, ८ असार । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको हाे । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख ५८… पुरा पढौ

चालु आवमा लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं, ८ असार । चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ । गत जेठ… पुरा पढौ

भरतपुर महानगरले ल्यायाे रु पाँच अर्ब १९ करोडकाे बजेट

चितवन, ८ असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरे। कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार… पुरा पढौ

बजेटका विविध विषय र शीर्षकमाथि छलफल जारी

काठमाडौं, ८ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी रहेको छ । बैठकमा सांसदहरूले दलीय आधारमा बजेटका पक्षविपक्षमा आफ्ना धारणा व्यक्त गर्नुका साथै समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । बैठकमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले बजेट सन्तुलिन नभएको बताए । मन्त्री र शीर्षस्त नेताहरूको जिल्लामा बजेट बढी विनियोजन गरेर विभेद गरिएको उनको आरोप छ । उनले बजेटको सिद्धान्त विपरित योजनाहरू छरिएको र टुक्रे… पुरा पढौ

एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा), ८ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने रु एक अर्ब छ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने… पुरा पढौ

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं, ८ असार । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राख्नुभएको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ । यसैगरी,… पुरा पढौ

राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो व्यवस्था नभएकाले अधिकांश सीमावर्ती क्षेत्रका नागरिक भारतीय अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको र त्यसका लागि भारतीय रुपैयाँको पनि माग अत्यधिक रहेको जनाएको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा… पुरा पढौ

कृषिको आधुनीकिकरण र व्यवसायीकरणका लागि नीतिगत सुधार गर्नुपर्छ-डा श्रेष्ठ

काठमाडौं, ७ असार । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठले कृषिको आधुनीकिकरण र व्यवसायीकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादन वृद्धि गर्न नीतिगत सुधारको आवश्यकता औँल्याए। कृषि क्षेत्रमा यन्त्रीकरण, बजारीकरण, भण्डारणको अभाव हुन नदिन विद्यमान समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले सरकारले उत्पादनको आधारमा कृषकलाई सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्ने बताए। मुलुकमा कृषि, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रलेबेरोजगार युवालई रोजगारीका अवसर… पुरा पढौ

योग, ज्ञान र निरोगी नेपाल (विचार)

काठमाडौं, ७ असार । आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैभन्दा लामो दिन । आज योग प्रारम्भ भएको दिन । हजारौँ वर्षअघि भगवान् शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरुलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्रअनुसार मानिन्छ । त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रुपमा मानेको छ । यस दिवसको सन्दर्भमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छुु । योग मानव जातिको कल्याणका लागि, मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य… पुरा पढौ