समाचार

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने

ललितपुर, २९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज रातिसम्म सार्वजनिक गरिने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज रातिसम्म सबै पदको मतपरिणाम घोषणा भइसक्ने जानकारी दिनुभयो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । हाल केन्द्रीय सदस्यतर्फकोे खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ । खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि प्रतिस्पर्धा छ । निर्वाचन समितिले मतगणनालाई तीव्रता… पुरा पढौ

विदुर नगरपालिका र नेपाल रेडक्रसबीचमा सहकार्य , तत्काल एक लाख नगद प्रदान गरिँदै

काठमाडौं, २९ असोज। नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप विभिन्न कार्यक्रम अगाडि बढाएको हो । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँ हालै बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गर्नुभएको थियो । यसका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच बाढीको प्रतिकार्य, पुनःलाभ तथा पुनःस्थापनाका लागि सहकार्य भएको छ… पुरा पढौ

बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा, २९ असोज। बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । यसमध्ये ७० जना विदेशी नागरिक रहेका उहाँले बताउनुभएको छ । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गरिएको शर्माले बताउनुभयो । उहाँका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका ९६ जनाको उद्धार… पुरा पढौ

आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं, २९ असोज। नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् ।… पुरा पढौ

पोखरा–काठमाडौं रात्रिकालीन यात्राका लागि कोइलीले शुरु गर्यो सुविधासम्पन्न बस सेवा

पोखरा । कोइली टुर एन्ड ट्राभल्सले पोखरा–काठमाडौं रुटमा शौचालय र स्लिपरसहितको सुविधासम्पन्न रात्रिकालीन बस सेवा सुरु गरेको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सञ्चालकसमेत रहेका कोइली ट्राभल्सका सञ्चालक मेघराज त्रिपाठी र अशोककुमार चौधरीको पहलमा यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै आधुनिक सुविधासहितको बस सञ्चालनमा ल्याइएको हो । बिगत ३२ वर्षदेखि यातायात व्यवसायमा सक्रिय त्रिपाठीले आफ्नो अनुभवलाई उपयोग गर्दै यात्रुमैत्री सेवा विस्तारमा जोड दिइएको बताए । उनका अनुसार तीन वर्षअघि परिकल्पना गरिएको कोइली ट्राभल्सले यात्रुको सकारात्मक प्रतिक्रियापछि एक वर्षअघि दिवा… पुरा पढौ

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

वालिङ (स्याङ्जा), २९ असोज। स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ । गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान काट्ने अत्याधुनिक मेसिनको प्रयोग थालेको हो । पछिल्लो समय कृषि क्षेत्रमा लागत बढ्दै गएकाले त्यसलाई कम गर्न आधुनिक प्रविधि भित्र्याउनुपरेको कार्यालय प्रमुख सुदीप रेग्मीले बताउनुभयो । “हामीले उत्पादन गर्ने कृषि उपजको लागत मुल्य ह्वात्तै बढेर गएको छ ” उहाँले भन्नुभयो, “लागत मूल्य कम गराउन सकेको… पुरा पढौ

स्वास्थ्य बिमामा राष्ट्रसेवक कर्मचारीको आबद्धता बढाउन मन्त्रालयको पहल

काठमाडौँ, २८ असोज: सरकारले विभिन्न सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन पहल थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका सबै निकायमा कार्यरत कर्मचारीहरूलाई बिमा दायरामा ल्याउन आवश्यक समन्वय र सहजीकरणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ। मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम कर्मचारीहरूलाई स्वास्थ्य बिमामा आबद्ध गराउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न अनुरोध गरेको… पुरा पढौ

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो

काठमाडौं, २८ असोज । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै नेपालबाट मनसुन पूर्ण रूपमा बहिर्गमन भएको औपचारिक जानकारी दिएको छ। महाशाखाका अनुसार यस वर्ष नेपालमा मनसुन बाहिरिने क्रम गत असोज १७ गतेदेखि नै सुरु भएको थियो। सो दिन सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकी प्रदेशका केही भागबाट मनसुन बाहिरिएको थियो। त्यसपश्चात बुधबारदेखि भने देशका बाँकी सबै… पुरा पढौ

पोखरा-दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

गण्डकी, २८ असोज। फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो । फ्लाई नमस्ते ट्राभल्सका सञ्चालक पोमनारायण श्रेष्ठले दुबई–पोखरा–दुबई उडान सुरुआतमै उत्साहजनक रहेपछि फ्लाई दुबईले बुकिङ अवधि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान… पुरा पढौ

संवेदनशील सूचना नबुझाएपछि विन्ध्यावासिनी हाइड्रोपावरको सेयर कारोबार स्थगन, स्पष्टीकरण माग

काठमाडौं, २८ असाेज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार स्थगन गरेको छ। लाभांश तथा वार्षिक साधारणसभाजस्ता सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने संवेदनशील सूचना समयमै उपलब्ध नगराएको भन्दै नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको हो। नेप्सेका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक गत असोज २६ गते दिउँसो ३:३० बजे बसेको थियो। उक्त बैठकले वार्षिक साधारणसभा आह्वान, बुक क्लोज र लाभांश वितरणसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार धितोपत्रको मूल्यमा… पुरा पढौ