समाचार

पोखरामा सीएफमोटोको थ्रीएस आउटलेट सञ्चालनमा

पोखरा, १० असाेज। प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस (सेल्स, सर्भिस एन्ड स्पेयर पार्ट्स) आउटलेट सञ्चालनमा ल्याएको छ । ऋषि ट्रेड सेन्टर (आरटीसी)को आधिकारिक वितरणमा रहेको सीएफमोटोको नयाँ आउटलेट हिमालय अटो नेक्सस प्रालिले शनिबारदेखि सञ्चालनमा ल्याएको हो । बुद्धचोकमा रहेको सोरूम र शिवचोकमा रहेको सर्भिस सेन्टरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गरिन् । उद्घाटन समारोहमा  पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइराला, पोखरा उद्योग वाणिज्य संघका सदस्य केशव ढकाल लगायतको… पुरा पढौ

मध्यनेपाल भन्दा पश्चिम क्षेत्रमा भीषण वर्षा हुने

काठमाडाैं, १० असाेज । देशका धेरै ठाउँमा भीषण वर्षा जारी छ। ठाउँठाउँमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ । मध्यनेपाल भन्दा पश्चिम क्षेत्रमा भीषण वर्षा (अति भारीसम्म वर्षा ) हुने भएको छ। दिउँसोः देशभर अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका अधिकांश स्थानमा, तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा, साथै मधेश प्रदेश तथा कोशी,… पुरा पढौ

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं, १० असोज। पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूलमा वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा… पुरा पढौ

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं, १० असोज। परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपत्कालको रोकथाम, तयारी र प्रतिकार्यका लागि बहुपक्षीयता, समानता र ऐक्यबद्धतालाई विश्वव्यापी प्रयासको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत भएको ‘प्यान्डेमिक प्रिभेन्सन, प्रिपेयर्डनेस एन्ड रेस्पोन्स’ (महामारी रोकथाम, पूर्वतयारी तथा प्रतिकार्य) विषयमा आज भएको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कट आएपछि मात्र प्रतिक्रिया दिने शैलीलाई परिवर्तन गर्दै पहिले रोकथामको संस्कृतितर्फ अघि बढाउनुपर्ने धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री खनालले कोभिड-१९ महामारीको समयमा कुनै एक स्थानमा उत्पन्न हुने जनस्वास्थ्य… पुरा पढौ

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी, १० असोज। लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ः०० बजेदेखि भोलि बिहान ६ः०० बजेसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि दुवै जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् । बैतडीमा गए रातिदेखि लगातार वर्षा भइरहेको छ । दुवै स्थानीय प्रशासनले लामो… पुरा पढौ

अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित

सङ्खुवासभा, १० असोज। अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित भएको छभने बाढी पहिरोको जोखिम पनि बढेको छ । मादी नगरपालिका–४ ओखरबोटेका विनोद निरौलाको घर र एउटा विद्यालय भवन पनि पहिरोको जोखिममा छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार घरमाथिबाट पहिरो खसेपछि निरौलाको पाँच जनाको परिवार विस्थापित भएको छ । लगातारको वर्षासँगै चैनपुर–६ भञ्ज्याङखर्कमा पहिरो खसेपछि पाँचखपन–चैनपुरमा यातायात सेवा अवरुद्ध भएको छ । सिलिचोङ गाउँपालिका–२ को वाला माध्यमिक विद्यालय भवन पनि पहिरोको जोखिममा छ । जिल्ला प्रशासन कार्यालयले अरुण,… पुरा पढौ

खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा भने चुनौती

काठमाडौं, असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका… पुरा पढौ

घरबासले फेरिँदै दगामको पर्यटन पहिचान

दमौली (तनहुँ), १० असोज। शुक्लागण्डकी–२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा सिफारिस गरेपछि आन्तरिक पर्यटकको रोजाइमा दगाम परेको हो । भिटोफले हरेक वर्ष तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ । ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ अभियानअन्तर्गत गाउँलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले बताउनुभयो… पुरा पढौ

खुम्बु क्षेत्रमा हिमपात, सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु, १० असोज। सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्बुको उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमिसकेको छ । हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा गएका पर्यटकलाई जोखिमयुक्त स्थानतर्फ थप अघि बढ्न रोक लगाइएको छ । उहाँले भन्नुभयो ,“माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको छ । कतिपय स्थानमा आधा मिटरभन्दा बढी हिउँ… पुरा पढौ

गण्डक ब्यारेजका सबै ढोका खोलियो

नारायण शर्मा/नवलपरासी, ९ असाेज । गत २४ घण्टादेखिको वर्षादका कारण नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ । शुक्रवार राती पौने ९ बजे पूर्वी नवलपरासीको सिमावर्ति क्षेत्र त्रिवेणधाम स्थित गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिएको छ । बिहिवार साँझ सम्म ७३ हजार क्यूसेक लिटर पानीको बहाब रहेको त्रिवेणी स्थित गण्डक ब्यारेजमा शुक्रवार (अहिले ) राती सवा नौ बजे पानीको बहाब १ लाख ९० हजार क्यूसेक लिटर पुगेको छ । इलाका प्रहरी कार्याल त्रिवेणीधामले गण्डकमा पानीको सतह बढेका कारण भारतले आफ्नो… पुरा पढौ