समाचार

८० अर्ब लगानीमा उदयपुरमा १ हजार मेगावाट क्षमताको सोलार परियोजना निर्माण हुने

काठमाडाैं, २८ असाेज। उदयपुरमा ८० अर्ब लगानीमा १ हजार मेगावाट क्षमताको सोलार परियोजना निर्माण हुने भएकाे छ । बेलका नगरपालिकामा नेपालकै सबैभन्दा ठूलो १ हजार मेगावाट क्षमताको ‘मेगा सोलार परियोजना’ प्रस्ताव गरिएको हाे। करिब ८० अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस परियोजनाले नेपालको ऊर्जा क्षेत्रमा नयाँ अायाम ल्याउने अपेक्षा गरिएको छ। हालै प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले यस परियोजनालाई ‘स्विस च्यालेन्ज मोडल’ मार्फत अघि बढाउने निर्णय गरेको छ। ‘रिन्यु होल्डिङ्स प्रालि’ ले २०८१ चैतमै यो प्रस्ताव पेस… पुरा पढौ

लक्ष्मी बर्देवा र प्रभातपल अभिनित हसन राइको गीत  ‘दशैं आयो ‘ सार्वजनिक

काठमाडौँ , २८ असाेज। नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ ।  बजारमा दशैँको चहलपहल सुरु संगै नेपाली सांगीतिक क्षेत्रलाई पनि दशैँ लागिसकेको छ । अहिले दशैँ सम्बन्धी धेरै गीतहरुको रेकर्ड ,म्युजिक भिडियो सुटिङ देखि सार्वजनिक गर्ने क्रम बढेको छ। यस्तैमा बरिस्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द र चर्चित संगीतकार महेश खड्काको संगीत रहेको दशैँ गीत 'दशैं आयो ' शुक्रबार सार्वजनिक भएको छ । पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरी र गायक हसन राइको सुमुधुर स्वरमा रहेको 'दशैं आयो '… पुरा पढौ

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

पोखरा, २८ असोज । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले कला, सङ्गीत, नाटक र संस्कृतिको प्रवर्द्धनका लागि नीतिगत सुधार र भावी योजना निर्माण गर्ने उद्देश्यले पोखरामा सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरू विनोद बानियाँ, दीपक पराजुली र परिवर्तनको अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा पोखरामा क्रियाशील विभिन्न सांस्कृतिक तथा साङ्गीतिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रज्ञा प्रतिष्ठानहरूले परिवर्तनको सङ्केत दिनुपर्ने अन्तरक्रियामा सहभागी प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना नियमित गतिविधि र नीतिगत निर्णयमार्फत ठोस परिवर्तनको सङ्केत दिनुपर्नेमा जोड दिएका… पुरा पढौ

प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

म्याग्दी, २८ असोज। पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुँडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको थियो । अन्नपूर्ण गाउँपालिका–२, ३, ४ र ५ तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी… पुरा पढौ

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर, २८ असोज। पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न भएपछि ३६० जनाभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । याङवरक पोखरीमा मुहान रहेको योजनाबाट जोरधारा, थर्पू बजारलगायत क्षेत्रका ८० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । योजना सम्पन्न भएसँगै ३६५ जना लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ । सो योजना सङ्घीय सरकारको रु ७६ लाख ७५ हजार विशेष अनुदानमा सम्पन्न भएको हो । गत असारमा सम्पन्न भएको योजनाको मङ्गलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गर्नुभयो । याङवरक… पुरा पढौ

भरतपुरको राजमार्गसहित बजार ‘सिसी क्यामेरा’ निगरानीमा

चितवन, २८ चितवन। भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन् । जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख… पुरा पढौ

खुट्टीखोला सिँचाइ आयोजनाः हेडवर्क्स बन्यो, खेतमा पुगेन पानी

सिरहा, २८ असोज। सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोप्नुभयो तर रोपाइँ सकिएसँगै सुरु भएको सिँचाइको चिन्ता भने उस्तै छ । खेतनजिकै करोडौँ खर्चेर खुट्टीखोला सिँचाइ आयोजनाको संरचना बनेको छ, तर त्यसको हेडवक्र्सबाट पानी खेतसम्म पुग्न सकेको छैन । सिँचाइको सुविधा दिने उद्देश्यले निर्माण गरिएको आयोजना उपयोगविहीन हुँदा साहजस्ता किसान अझै आकाशबाट पानी झर्ने प्रतीक्षामा खेती गर्न बाध्य छन् । “करोडौँको लगानीमा हेडवक्र्स बन्यो, लाखौँ खर्चेर नहर पनि सफा गरियो तर वर्षायाममा हेडवक्र्सको गेट खोलेर… पुरा पढौ

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौ, २८ असोज । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न… पुरा पढौ

नियामकको स्वीकृति विपरीत इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

काठमाडौं, २७ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत अनधिकृत रूपमा इन्टरनेट सेवा प्याकेज सञ्चालन गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक (ISP) हरूलाई कारबाही गरेको छ। प्राधिकरणको अनुमतिपत्रका सर्तहरू उल्लङ्घन गरेको पाइएपछि उनीहरूलाई प्रतिसेवा प्रदायक रु ५० हजारका दरले जरिवाना गरिएको हो। प्राधिकरणका अनुसार निरीक्षण तथा जाँचबुझका क्रममा ती सेवा प्रदायकहरूले दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम कसुर गरेको पुष्टि भएको थियो। प्राधिकरणले आज जारी गरेको प्रेस विज्ञप्तिमा उपभोक्ताको हितविपरीत काम गर्ने प्रदायकहरूमाथि कडा कदम चालिएको जनाइएको छ। किन… पुरा पढौ

४ महिनापछि गुल्मीमा हवाई सेवा पुनःसञ्चालन

गुल्मी, २७ असोज। रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिनुभयो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उहाँले बताउनुभयो । हवाई सेवा सञ्चालनमा आएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो… पुरा पढौ