समाचार

सराङकाेट बहुउद्देश्यीय सहकारी संस्थाको २० औं साधारणसभा सम्पन्न

पाेखरा, १२ असाेज । समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्थाको २० औ साधारणसभा सम्पन्न भएको छ। स्थापना देखि संस्थाले रेडियो सराङकाेट, समाजिक सेवाका विविध कार्यसहित सदस्यहरुको आर्थिक सहभागितामा वित्तिय कारोबार गर्दै आएको छ। संस्थाका सल्लाहकार भागबत भाष्कर कमलनयन गौतमले अहिलेसम्म सबै परिस्थितिमा संस्था जिम्मेवारीका साथ निरन्तर सञ्चालनमा रहनु महत्त्वपूर्ण कार्य भएको बताउनु भयो । जेष्ठ सदस्य तिर्थमान प्रदानङ्ग, रेडियो सराङकाेटका समाचार प्रमुख कमल पौडेल अथक, असल सदस्य कारोबारी बालकृष्ण बराल, शर्मिला जि सि, बर्ष उत्कृष्ट… पुरा पढौ

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला, १२ असोज। निरन्तर वर्षा एवं हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध समेत भएको छ । अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम नगरेपछि सञ्चार सेवा प्रभावित भएको छ । सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गरी क्षतिको विवरण लिन समस्या भएको छ । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको… पुरा पढौ

वर्षा रोकिएसंगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी, १२ असोज. पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ । गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । “पहिरो प्रभावित क्षेत्रमा… पुरा पढौ

बिधार्थी आन्दोलनको पृष्ठभूमिका ढकालको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पोखरा, १२ असाेज । नेपाली कांग्रेस कास्कीका जिल्ला सचिव एवं युवा नेता भानुभत्त ढकालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट राजनीतिक तथा सामाजिक यात्रा सुरु गरेका ढकालले विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्मको आफ्नो लामो राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्। ढकालले संगठन निर्माण, विद्यार्थी आन्दोलन तथा लोकतान्त्रिक व्यवस्थाका लागि भएका संघर्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएका छन्। लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय दाजु… पुरा पढौ

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, १२ असोज। सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइन्छ । सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ सत्रले यो दिवस मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसङ्घको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो । विश्वभर सूचनाको हकलाई सर्वसाधारण नागरिकका बीचमा पुर्याउने… पुरा पढौ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, १२ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ प्रस्तुत गर्नुहुने कार्यसूची छ । यसैगरी, महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नुहुनेछ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले… पुरा पढौ

टिभिएसको हाइपर-स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ सार्वजनिक, मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ

काठमाडौं, ११ असाेज। टिभिएस मोटर कम्पनीले नेपाली बजारमा आफ्नो नयाँ १५० सीसी हाइपर-स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ (NTORQ 150) आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको सहकार्यमा यो नयाँ स्कुटर भित्र्याइएको हो। दमदार इन्जिन र उत्कृष्ट पर्फर्मेन्स एनटर्क १५० मा १४९.७ सीसीको शक्तिशाली इन्जिन जडान गरिएको छ। यस इन्जिनले १३.२ पीएस (PS) पावर र १४.२ एनएम (Nm) टर्क उत्पादन गर्दछ। कम्पनीका अनुसार यो स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको गति लिन सक्छ भने… पुरा पढौ

पक्राउ पुर्जी नदिई मध्यरातमा पूर्वप्रधानन्यायाधीश राणालाई पक्राउ गर्नु गलत-सांसद खत्री

काठमाडौं, ११ असाेज। प्रतिनिधिसभा सदस्य राजिव खत्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरी छाडिएको विषयमा प्रहरी र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद खत्रीले पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा घरबाट नियन्त्रणमा लिने शैली गलत भएको बताएका छन्। प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’को कारण देखाएर नियन्त्रणमा लिइएको र पछि पक्राउको कारण गोप्य राखेर छाडिएको विषयमा प्रश्न उठाउँदै उनले लेखेका छन्, "चोलेन्द्रमाथिको सुरक्षा खतरा कसरी टर्यो पत्तै पाइएन।" बाढी वा डुबानका कारण सुरक्षित स्थानमा सारिएको भन्ने… पुरा पढौ

नेफिनका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको निधन, महासंघद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं, ११ असाेज। नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयका उपाध्यक्ष चन्द्रलाल राजभण्डारीको ६९ वर्षको उमेरमा दुःखद निधन भएको छ। विक्रम संवत् २०१४ फागुन १४ गते जन्मिनुभएका राजभण्डारीको २०८३ असोज ८ गतेका दिन निधन भएको हो। उहाँको असामयिक निधनको खबरले सिंगो महासंघ परिवार स्तब्ध र मर्माहत भएको जनाएकाे छ। उहाँको पवित्र स्मृति तथा आदिवासी जनजाति आन्दोलनमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै नेपाल आदिवासी जनजाति महासंघको संघीय कार्यालयमा एक कार्यक्रमका बिच स्व. राजभण्डारीको तस्बिरमा पुष्पमाला अर्पण गरी हार्दिक श्रद्धाञ्जली व्यक्त… पुरा पढौ

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर (नवलपरासी), ११ असोज। नारायणी नदीको बहाव उच्च भएपछि पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी पुलमाथि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । आज दिउँसो केही समयका लागि पुलमा पूर्ण रूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएकामा अहिले मोटरसाइकललाई मात्र छोडिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । पुल पुरानो भएको र अत्यधिक हल्लिएपछि सवारीसाधन पूर्ण… पुरा पढौ