खेलकुद

व्यावसायिक खेलाडी उत्पादन गर्न भलिबल प्रशिक्षण केन्द्र

बागलुङ, १७ असोज । व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु. दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उनले भने । भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनुहुनेछ । ‘स्वच्छ खेल,… पुरा पढौ

पोखरामा डेढ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने

पोखरा, १५ असोज । पर्यटनको राजधानी पोखरा पछिल्लो समय खेलकुद सहरको रुपमा समेत विकसित हुँदै गएको छ । खेलकुद–पर्यटन दुवैमा प्रशस्त सम्भावना बोकेको पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको तयारी थालिएको छ । गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा प्रदेश राजधानी पोखरामा सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भएको हो । पोखरा महानगरपालिका वडा ३३, भरतपोखरीको पशुपतिघाटमा बन्ने पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण (डीपीआर) समेत तयार भैसकेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका… पुरा पढौ

बजेट अभावमा सिद्धार्थ रङ्गशालाकाे काम १० वर्षमा १० प्रतिशत

लुम्बिनी, १५ असोज । भैरहवास्थित सिद्धार्थ रङ्गशालालाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने गरी थालनी भएको योजना बजेट अभावमा ढिलाइ हुँदा अलपत्र परेको छ । पश्चिम नेपालमा खेलकूद क्षेत्रका लागि गौरवको आयोजनाका रुपमा निर्माणाधीन रङ्गशाला प्यारापिटसहित ११ हजार दर्शक क्षमताको हुने छ । क्रिकेटका लागि अत्यन्तै महत्वपूर्ण मैदानका रुपमा विकास र स्तरोन्नति गर्ने उद्देश्यले निर्माण थालनी गरिएको उक्त आयोजनाको काम नौ वर्षअघि शुरु भए तापनि पूरा हुन सकेको छैन । बजेटको पर्याप्त व्यवस्थापन नहुँदा कामले गति लिन नसकेको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित

पोखरा, १४ असोज । गण्डकी प्रदेश खेलकुद विधेयक–२०७७ पारित भएको छ । प्रदेशसभाको ५८ औं बैठकबाट बुधबार सामान्य संसोधन सहित विधेयक पारित भएको हो । संघीय खेलकुद ऐनसँग नबाझिने गरी तयार बिधेयक गत असोज ५ मा प्रदेशसभामा दर्ता भएको थियो । सो विधेयकमा उल्लेखित १९ सदस्यीय बोर्ड सदस्य रहनेमा २५ सदस्यीयसम्म रहने गरी सामान्य संशोधनसहित पारित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले जानकारी दिए । विधेयक पारितसँगै प्रमाणिकरणपछि सदस्यसचिव छनोटका लागि समिति गठन हुनेछ । जसमा ३ सदस्यीय समिति… पुरा पढौ

अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन निर्माण अघि बढ्दै

ललितपुर, ११ असोज । गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५/७६ मा रु २० लाख सहयोग गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले बताए । उनले भने, गत आव २०७६/७७ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्टै रु एक करोड सहयोग भएको थियो । हालसम्म खेलकुद भवन निर्माणका… पुरा पढौ

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

काठमाडौँ, १० असोज । राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो । सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए । सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको… पुरा पढौ

फुटसल आजदेखि सञ्चालनमा

काठमाडौँ, ७ असोज । कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ । फुटसल व्यवसायीहरुको छाता सङ्गठन नेपाल फुटसल सङ्घले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ । नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति सङ्घको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घले जिल्ला प्रशासन कार्यालयसित सावधानी… पुरा पढौ

क्यानद्वारा क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

भरतपुर, ७ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल… पुरा पढौ

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

काठमाडौं, १ असोज । सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ । उनी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । उनको… पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित

पोखरा, ३० भदौ । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार इन्द्रप्रसाद पौडेल सम्मानित भएका छन् । सहारा क्लब पोखराको २२ औं वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा मंगलबार उनलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले २० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मान गरेका हुन् । क्लब सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले पौडेललाई यसअघि पुरस्कारका लागि छनोट गरेको थियो । फुटबलमार्फत् सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधि प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदान आधारमा वर्षेनी पुरस्कार प्रदान… पुरा पढौ