खेलकुद

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

काठमाडौँ, २८ साउन । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो । अब उक्त खेलहरु… पुरा पढौ

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौँ, २६ साउन । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए । “खेलाडीको पीसीआर परीक्षण… पुरा पढौ

राखेपमा ६ सदस्य मनोनीत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बिहीबार ६ सदस्य मनोनीत भएका छन् । राखेप उपाध्यक्ष र सदस्यसचिवको पदभारको भोलिपल्टै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ६ जनालाई मनोनीत गरेका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेपमा ३७ सदस्यीय बोर्ड रहने व्यवस्था छ । राखेप सदस्यसचिव सिफारिस समितिको सदस्य रहेका रिम रानाभाट र इन्दिरा निरौला सदस्य नियुक्त भएका छन् । राखेपका पूर्व अधिकृत समेत रहेका चितवन–२ का रानाभाट र ओखलढुंगा तलुवा–१ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा… पुरा पढौ

राखेप सदस्यसचिवको शपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै राखेप नवनियुक्त उपाध्यक्ष शिव कोइरालाले पनि बुधबार नै शपथ लिए। युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा आयोजित कार्यक्रममा उनीहरुलाई शपथ गराएका हुन् । यसअघि मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको थियो । गत वर्ष असार २३ मा सदस्यसचिव पदमा पहिलोपटक नियुक्त भएका सिलवाल नयाँ ऐन कार्यान्वयनसँगै यस वर्षको असार १८ मा पदमुक्त भएका थिए । तर दुई साताभित्रै पुनः दोस्रोपटक सदस्य सचिवमा नियुक्त भएका हुन्… पुरा पढौ

सिलवाल फेरि राखेप सदस्यसचिव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । पदमुक्तको ३ सातापछि उनलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४ वर्षका लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो । नेपाल भलिबल संघको सिफारिसमा यसअघि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त उनी यसपालि भने प्रतिष्पर्धामा परेका थिए । उनी यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र सिलवाल दोस्रो पटक पनि उनकै चाहनामा सदस्यसचिव नियुक्त भएका छन् ।… पुरा पढौ

फुटबल खेलाडीलाई राहत

कोरोनाका कारण प्रतियोगिता गुमेपछि आर्थिक समस्यामा परेका फुटबल खेलाडीलाई राहत रकम बाँडिएको छ । अखिल नेपाल फुटबल सङ्घको सहयोगमा जिल्ला फुटबल सङ्घ बागलुङले १५ व्यावसायिक खेलाडी र चार जना अफिसियललाई रु चार हजारका दरले बुधबार राहत प्रदान गरेको हो । राहत रकम वितरण गर्दै गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले खेलकूद क्षेत्र समृद्धि र प्रगतिको आधार भएको बताए । उहाँले सङ्कटका बेला खेलाडीलाई सघाएकामा फुटबल सङ्घको प्रशंसा गरे। जिल्ला लिगसहित ए, बी र सी डिभिजन लिग खेलेका खेलाडीलाई मात्र राहत दिइएको… पुरा पढौ

राखेप सदस्यसचिव बन्न सिलवाल, थापामगर र श्रेष्ठको नाम सिफारिस

काठमाडौं, ७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस समितिले रमेशकुमार सिलवाल, लिलबहादुर थापामगर र अञ्जु श्रेष्ठको नाम बुधबार मात्र युवा तथा खेलकुद मन्त्री समक्ष सिफारिस गरेको हो। सिफारिस भएका सिलवाल निवर्तमान सदस्यसचिव हुन् । उनी प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन् ।थापा मगर नेकपाका केन्द्रीय सदस्य तथा नेपाल भलिवल संघका पूर्व अध्यक्ष समेत हुन् ।त्यस्तै, महिलाबाट सिफारिस श्रेष्ठ भलिवलकी पूर्व राष्ट्रिय खेलाडी तथा पूर्व कप्तान हुन्।समितिको ६ पटकसम्म बैठक बसेर… पुरा पढौ

राखेप सदस्यसचिवमा उम्मेदवारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को इतिहासमा सदस्यसचिवका लागि पहिलोपटक आवेदन मागिएको छ । राखेपको २२ औं सदस्यसचिवको दौडमा २७ जनाको उम्मेदवारी परेको छ । दरखास्त दिनेमा खेल क्षेत्रका व्यक्तिसँगै राजनीतिक पृष्ठभूमिका समेत छन् । आवेदन दिनमा यसअघिका सदस्यसचिव रमेशकुमार सिलवाल समेत छन् । असार २६ मा दरखास्त आह्वान गरिएपछि तोकिएको म्याद अवधि बिहीबारसम्म उनीहरुले आवेदन दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । ३ महिलासहित कुल २७ जना आवेदकमध्ये २ जनाको उम्मेदवारी रद्ध देशभरबाट ३ महिलासहित कुल २७ जना आवेदकमध्ये… पुरा पढौ

खुला प्रतिष्पर्धाबाट राखेप सदस्यसचिव

नेपालकै इतिहासमा पहिलोपटक खुला प्रतिष्पर्धाबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्यसचिव नियुक्ति गर्न लागिएको छ । युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिव सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयका सचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक रहेको समितिमा पूर्व बोर्ड सदस्य ईन्दिरा निरौला र पूर्व कर्मचारी रिम रानाभाटलाई विज्ञ सदस्य नियुक्त गरिएको छ ।खेलकुद विकास ऐन अनुसार सदस्यसचिव नियुक्तिको… पुरा पढौ

खेल पत्रकारसहित १० जनालाई मन्त्रालयको सम्मान

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कारबाट नेपालका चार जना खेल पत्रकारसहित १० जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा वरिष्ठ पत्रकारद्वय ध्रुवकुमार तुलाधर, रोशनसिंह राउत, पोखराका खेल पत्रकार केशव पाठक र प्रियालक्ष्मी कार्की सहित १० जना पत्रकार छन् । मन्त्रालयले काठमाडौं सिंहदरबारमा आयोजित समारोहमा उनीहरुलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष समेत रहेका तुलाधर कान्तिपुर दैनिकमा कार्यरत छन् । यस्तै राउत अन्नपूर्ण पोष्टमा कार्यरत छन् भने पाठक पोखरा स्पोर्टस् डटकमका संचालन हुन्… पुरा पढौ