खेलकुद

एनपिएलको पुरस्कार घोषणा, विजेताले डेढ करोड पाउने

काठमाडौं, ९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रु ८० लाख, तेस्रो हुने टोलीले रु ४० लाख र चौथो स्थानमा रहने टोलीले रु ३० लाख पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।… पुरा पढौ

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँ, ८ कार्तिक । क्रिकेटको रोमाञ्च मैदानभित्र मात्रै सीमित हुँदैन । हरेक चौका–छक्कामा गुञ्जिने हुटिङ, मनपर्ने टिमको जितमा मनाइने खुसी र साथीभाइसँग बसेर खेल हेर्नुको उत्साह आफैँमा बेग्लै हुन्छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यही माहोल अब देशका विभिन्न सहरमा पनि देखिने भएको छ । एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा एनपीएलको रोमाञ्च अनुभव गराउने उद्देश्यले देशभरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो । कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल यी… पुरा पढौ

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौं, ८ कात्तिक। तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन् । बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन् । उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रसिया, इन्डोनेसिया, सिङ्गापुर, काजकिस्तानलगायत देशका खेलाडीको सहभागिता रहेको थियो । वैभवी असोज दोस्रो सातादेखि बैङ्ककमा रहेर तेक्वान्दोको… पुरा पढौ

मुक्तिनाथ विकास बैंक र जनकपुर बोल्ट्सबीच बैंकिङ साझेदारी

काठमाडौ, ८ कार्तिक । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। आगामी कात्तिक ९ गतेदेखि सुरु हुने यस प्रतियोगिताका लागि बैंक र जनकपुर बोल्ट्सबीच औपचारिक रूपमा साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यमार्फत नेपाली क्रिकेटको विकासमा सहयोग पुर्‍याउनुका साथै समुदायसँगको सम्बन्ध अझ सुदृढ गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ। स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्दै युवा सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले यो साझेदारी गरिएको हो। प्रमुख व्यक्तित्वहरूको भनाइ तारा मानन्धर (प्रमुख… पुरा पढौ

यु-19 महिला विश्वकपसँग पोखरालाई जोड्न प्रयासरत छौं: सिग्देल

पोखरा, ७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) मा विदेशी स्टार खेलाडीहरूको आगमन र आइसिसीको पूर्ण मान्यताले नेपाली क्रिकेटको महत्त्व र आकर्षण उच्च बिन्दुमा पुगेको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताएका छन्। उनले U-19 महिला विश्वकपसँग पोखरालाई जोड्नका लागि प्रयास गरिरहेकाे बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्नेहरू टिमहरू :- १. विराटनगर किङ्ग्स (Biratnagar Kings)२. चितवन राइनोज (Chitwan Rhinos)३. जनकपुर बोल्ट्स (Janakpur Bolts)४. कर्णाली याक्स (Karnali Yaks)५. काठमाडौँ गुर्खाज (Kathmandu Gorkhas)६. लुम्बिनी लायन्स (Lumbini Lions)७. पोखरा एभेन्जर्स… पुरा पढौ

एनपिएलः बङ्गलादेशका शमीम हुसेन लुम्बिनी लायन्समा आबद्ध

काठमाडौं, ७ कात्तिक । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लुम्बिनीले उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । लुम्बिनीले फेसबुक पेजमा लेखेको छ, “शमीम हुसेन आधिकारिकरूपमा लायन्स टोलीका सदस्य बनेका छन् । अब मैदानमा आफ्नो खेलमार्फत जवाफ दिने समय आएको छ ।” बायाँहाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी आक्रामक खेलशैली तथा चुस्त फिल्डिङका लागि परिचित छन् । शमीम यु–१९ क्रिकेटदेखि नै सफलता हासिल गर्ने खेलाडी हुन्… पुरा पढौ

आगामी माघ ५ देखि ‘२६ औँ आहा ! रारा पोखरा गोल्डकप’ हुने

पोखरा, ६ कार्तिक । नेपाली फुटबलको प्रतिष्ठित प्रतियोगिता 'आहा रारा पोखरा गोल्डकप'को २६औँ संस्करण आगामी २०८३ साल माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक सहारा क्लब पोखराले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। "खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं" भन्ने मुख्य उद्घोषका साथ २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिता हिम श्री फुड्स प्रा. लि.को उत्पादन 'आहा रारा' तयारी चाउचाउको मुख्य प्रायोजन र पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन… पुरा पढौ

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने

काठमाडौं, ५ कात्तिक। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो । प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठवटा टोली सहभागी हुनेछन् । प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्… पुरा पढौ

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

काठमाडौं, ५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् । आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ । ‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा… पुरा पढौ

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही, २ कात्तिक । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट भएका २८ जना महिला क्रिकेट खेलाडी सहभागी थिए । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो ।… पुरा पढौ