खेलकुद

एनपीएलमा आज दुई खेल: जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौं, १२ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुईवटा रोमाञ्चक खेलहरू हुँदैछन्। आजको पहिलो प्रतिस्पर्धामा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच भिडन्त हुनेछ। पहिलो खेल: काठमाडौँको सुरुआत, जनकपुरको पुनरागमनको लक्ष्य कीर्तिपुर मैदानमा दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। जारी प्रतियोगितामा करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजको यो पहिलो खेल हो। काठमाडौँ आफ्नो पहिलो खेलमै उत्कृष्ट… पुरा पढौ

आकर्षक अफर र एक्सचेन्ज सुविधासहित टिभिएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ हुने

काठमाडौं, ११ कात्तिक । नेपालका लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले यही २०८३ साल कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म सञ्चालन हुने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल वा स्कुटरमा अपग्रेड गर्ने अवसरका साथै विभिन्न आकर्षक अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन्। ‘टिभिएस मा अपग्रेड गर्नु हुनेहरूलाई, अब टिभिएस को महा एक्सचेन्ज मेलामा पाउनुहोस् अचम्मैका अफरहरू’ भन्ने मुख्य सन्देशका… पुरा पढौ

चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं, ११ कात्तिक। चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ । उक्त प्रतियोगिताका लागि सोनी पाख्रिन, रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनीषा… पुरा पढौ

एनपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको ८ रनकाे जित

काठमाडौं, १० कात्तिक । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले विजयी सुरुआत गरेको छ । आज भएको पहिलो खेलमा विराटनगर किङ्सलाई ८ रनले हराउँदै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको हो । विराटनगरले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य विराटनगर १९.३ ओभरमा १४९ रनमा मात्र अलआउट भयो । उसका लागि प्रारम्भिक ब्याटर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित ३९ रनको पारी खेले । यस्तै, आन्द्रे… पुरा पढौ

एनपीएलमा एक्स्ट्रिमको नयाँ आकर्षण, उत्कृष्ट खेलाडीलाई चाँदीको बल

काठमाडौं, १० कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कार अन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ । खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई विशेष सम्मान दिने उद्देश्यले कम्पनीले यो पहल सुरु गरेको हो। ८ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले ७ टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिने बताइएकाे छ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन… पुरा पढौ

युनाइटेड क्लबद्वारा पोखरा रंगशालामा ११ थान कुर्सी हस्तान्तरण

पोखरा, १० कात्तिक । सामाजिक क्षेत्रमा सक्रिय युनाइटेड क्लब पोखराले पोखरा रंगशाला परिसरमा ११ थान कुर्सी जडान गरी जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गर्दै आएको क्लीन रंगशाला, ग्रीन रंगशाला अभियानमा सहयोग पु¥याउने उद्देश्यले क्लबले कुर्सी जडान गरी हस्तान्तरण संगै वृक्षारोपण गरेको हो । गत पुसमा सम्पन्न १३औँ पोखरा महोत्सवका अवसरमा युनाइटेड क्लबले जिल्ला खेलकुद विकास समिति कास्कीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । सोही रकमबाट रंगशाला परिसरमा… पुरा पढौ

एनपिएलमा आज दुईवटा खेल हुँदै

काठमाडौं, १० कात्तिक। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ । उक्त टिम यसपालि पहिलो सिजनको इतिहास दोहो¥याउने लक्ष्यमा छ । अर्कातर्फ… पुरा पढौ

एनपिएल क्रिकेटः सुदूरपश्चिममाथि लुम्बिनीको जित

काठमाडौं, ९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो । सुदुरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको साविक विजता लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार… पुरा पढौ

पिचमा क्रिकेट : नेपाल प्रिमियर लिग (एनपिएल) ले चलायमान बन्दै अर्थतन्त्र

काठमाडाैं, ९ कार्तिक । नेपाली खेलकुदको इतिहासमा नेपाल प्रिमियर लिग (एनपिएल) एउटा खेल उत्सव मात्र नरहेर देशको अर्थतन्त्रलाई चलायमान बनाउने बलियो माध्यम बनेको छ। काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आजदेखि सुरु भएको एनपिएलको तेस्रो संस्करणले घरेलु क्रिकेटको व्यावसायिक यात्रालाई नयाँ उचाइमा पुर्‍याएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यस सिजनमा एनपिएलमार्फत करिब १.५ अर्ब (१ अर्ब ५० करोड) रुपैयाँ बराबरको आर्थिक कारोबार (Turnover) हुने अनुमान गरिएको छ। यस प्रतियोगिताले नेपालको खेलकुद क्षेत्रमा व्यावसायिकता भित्र्याउनुका साथै विज्ञापन, पर्यटन, हस्पिटालिटी, सञ्चार… पुरा पढौ

एनपीएल तेस्रो संस्करण आज सुरू हुँदै, व्यावसायिक फड्को र अन्तर्राष्ट्रिय आकर्षण

काठमाडौं, ९ कार्तिक । क्रिकेट मैदानमा चौका र छक्काको प्रतिस्पर्धा सुरु हुनुअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) ले व्यावसायिक बजारमा आफ्नो बलियो उपस्थिति संकेत गरेको छ। प्रसारण अधिकार, डिजिटल माध्यम, टिकट बिक्री, प्रायोजन र विदेशी खेलाडीको सहभागिताले यस प्रतियोगितालाई केवल खेलकुदको सीमाभन्दा धेरै माथि पुर्‍याएको छ। एनपीएलको तेस्रो संस्करणको तालिका तथा विशेषता एनपीएलको तेस्रो संस्करण आज (सोमबार), २६ अक्टोबर अर्थात् कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। नोभेम्बर २१ (कात्तिक २५) सम्म सञ्चालन हुने यस प्रतियोगितामा… पुरा पढौ