budget

बजेट स्वागतयोग्य, कार्यन्वयन राम्रोसँग होस् : राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं, १७ जेठ । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट स्वागतयोग्य भएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ । महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै लामो समय कोरोना महामारीबाट थलिएको नेपाली उद्योग व्यवसाय क्षेत्र र आम जनताका लागि समग्रमा बजेट समग्रमा सकारात्मक रहेको बताएको हो । महासंघले प्रेस वक्तव्यमा भनेको छ,'बजेटले औल्याएका केही विषयहरु सकारात्मक रहेको र केही कुराहरु पर्याप्त नरहेपनि समग्रमा बजेट सकारात्मक रहेकाले महासंघ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको स्वागत गर्दछ।' महासंघले सरकारले करको… पुरा पढौ

बजेटले गर्याे करको दायरा परिवर्तन, केमा घट्यो केमा बढ्यो ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत करको दायरा परिवर्तन गरेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्न कर छुट, स्वदेशमै सवारीसाधनको एसेम्बल गर्न कर छुटदेखि विभिन्न वस्तुको भन्सार दरमा परिवर्तन गरेको छ । सरकारले करको दायरा विस्तारका लागि संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिनुपर्ने र विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरेको छ । नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्ने… पुरा पढौ

बजेटबारे निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया, कसले के भने ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । सरकारले चालु आवकोभन्दा डेढ खर्ब बढीले बजेटको ल्याएको हो । विनियोजित बजेट मध्ये आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब र स्थानीय तथा प्रदेशको अनुदानका लागि… पुरा पढौ

नयाँ आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं, १५ जेठ । सरकारले आज (आइतवार) आर्थिक वर्ष २०७९/८० को राजश्व तथा व्ययको अनुमान (बजेट) सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे बस्ने संसदको दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेट पेश गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार प्रत्येक जेठ १५ गते संसदमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने गरिएको छ । सोही व्यवस्था अनुरूप सरकारले आज बजेट सार्वजनिक गर्न लागेको हो । संसदको सम्भावित कार्यसूचीमा अर्थमन्त्री शर्माले बजेट टेबुल गर्ने कार्यसूची राखिएको संघीय संसदका महासचिव डा. भरतराज… पुरा पढौ

नयाँ बजेटमा अर्थ समितिको १३ पेज लामो सुझाव : ५ वर्षमा कृषिमा आत्मनिर्भर हुने गरी कार्यक्रम बनाउनु

काठमाडौं, ११ जेठ । अर्थसमितिले मंगलबार सरकारलाई बजेटमा समावेश गर्नका लागि १३ पृष्ठ लामो सुझाव दिएको छ । गलबार सरकारलाई बजेटले प्राथमिकता दिनुपर्ने क्षेत्रमा के समावेश गर्ने भन्ने विषयमा सुझाव दिएको छ । समितिले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तु, उत्पादन तथा प्रवर्द्धन गर्नेदेखि मेक इन नेपाल अभियानलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । साथै, पूर्वाधार निर्माणका आयोजनाहरु निर्माणमा सार्वजनिक–निजी साझेदारी अवधारणा अनुरुप डिजाइन–बिल्ट–फाइनान्स–अपरेटर–म्यानेज जस्ता आधुनिक करार सम्झौता अबलम्बन गरी गुणस्तरमा सुनिश्चितता कायम गर्ने कार्य अघि बढाउन सुझाव दिएको छ… पुरा पढौ

नयाँ बजेटमा परिसंघको सुझाव :‘बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशत कायम गरिनुपर्छ’

काठमाडौं, ११ जेठ ।  बैंकिङ क्षेत्रले तिर्ने कर्पोरेट ट्याक्स ३० प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने सुझाव बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) ले दिएको छ । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्था– बैंक तथा वित्तीय संस्था परिसंघले आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटले सम्बोधन गर्नुपर्ने विविध विषयवस्तुहरूमा संस्थागत सुझावहरू अर्थ मन्त्रालयमा बुझाएको छ । सिबिफिनले बजेटका लागि सुझाव दिँदै बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आय कर (कर्पोरेट ट्याक्स) ३० प्रतिशतबाट घटाएर अन्य व्यवसायसरह २५ प्रतिशत कायम गरिनुपर्ने,… पुरा पढौ

आगामी बजेटमा सहुलियतपूर्ण कर्जाका लागि १५ अर्बको सिलिङ, चालु वर्षमा कसले कति पाए ?

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । नयाँ बजेटमा सरकारले सहुलियतपूर्ण कर्जाको लागि १५ अर्ब रुपैयाँको सिलिङ बनाएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको लागि २० अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा बजेटमार्फत ल्याउनुपर्ने प्रस्ताव आएको थियो। उक्त प्रस्तावलाई सरकारले घटाएर १५ अर्ब रुपैयाँ बराबरको यस्तो कर्जा ल्याउन लागिएको अर्थमन्त्रालय स्रोतले बतायो। ती स्रोतका अनुसार, अहिले सरकारले सहुलियतपूर्ण कर्जाको लागि १५ अर्बको सिलिङ बनाएको… पुरा पढौ

जब संसदमा अर्थमन्त्रीलाई राजीनामा किन नदिएको भन्दै प्रश्न सोधियो…

काठमाडौं, ५ जेठ । बुधवार दिउँसो प्रतिनिधि सभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि छलफल भइरहेको थियो । छलफलमा नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा किन नगरेको भन्दै प्रश्न गरे ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पूनर्बहाली गरेपछि अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा किन त्यस्तो नभएको भन्दै नेता अधिकारीले प्रश्न गरेका हुन् । ‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पूनर्बहाली पनि हुनुभयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो… पुरा पढौ

प्रतिनिधि सभामा आजदेखि प्रि-बजेट छलफल, उत्पादन वृद्धि र पूर्वधार विकास बजेटकाे मुख्य प्राथमिकता

काठमाडौं, ४ वैशाख । प्रतिनिधि सभामा बजेट अधिवेशन शुरू भएको छ । बजेट अधिवेशन शुरू भएसँगै प्रतिनिधि सभामा आज (बुधवार)बाट प्री बजेट माथिको छलफल शुरू हुँदैछ । संसदमा आज र भोलि प्रिबजेट छलफल हुने कार्यसूची तय गरिएको छ । मंगलवार बजेट अधिवेशन शुरू गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । संसदमा अर्थमन्त्री शर्माले उत्पादन वृद्धि र पूर्वाधार विकासलाई बजेटको प्राथमिकता हुने बताएका छन् । बजेट पेश गर्नुभन्दा १५ दिन अगावै… पुरा पढौ

नयाँ बजेटका लागि राजश्व परामर्श समितिको सुझाव : आयात निरुत्साहनदेखि आयकर सीमा बढाउनेसम्म

काठमाडौं, २ जेठ । राजस्व परामर्श समितिले आगामी बजेट २०७९/८० का लागि राजस्व प्रतिवेदन पेश गरेको छ। आइतबार अर्थमन्त्रालयमा समितिका अध्यक्ष महेश दहाल समितिले अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएका हुन्। समितिले बुझाएको सुझाव मन्त्रालयले ७० प्रतिशत लागू गर्ने गरेको समितिको भनाई छ। यो पटक समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धि गर्ने उपाय, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायत विषय समेटिएको छ। समितिले यो पटक व्यक्तिगत आयकरको सीमा बढाउन सुझाव दिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा आयकरको सीमा बढाइएको थियो। जसमा… पुरा पढौ